सरकारी जग्गा किर्ते गर्नेलाई पानीमुनी गए पनि छोडिदैँन : सञ्चारमन्त्री

हिंसालाई प्रोत्साहन गर्ने समाचार सम्प्रेषण नगर्न सञ्चारमन्त्री बाँस्कोटाको आग्रह

३ बैशाख २०७५ भैरहवा : सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बालुवाटारको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा गराउने जो कसैलाई पनि सरकारले नछाड्ने चेतावनी दिएका छन् ।

रुपन्देहीको मणिग्राममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटार छेउको ललिता निवासको सरकारी जग्गा किर्ते गर्नेलाई पानीमुनी गए पनि नछाड्ने चेतावनी दिए ।

उनले सरकारी जग्गा दुरुपयोग गर्नेहरुको पद, दल वा विचारमा नझुक्ने भन्दै त्यता व्यक्तिलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

संचारमन्त्री बास्कोटाले आफुले नेकपा महासचिव बिष्णु पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्छ भनेर दिएको अभिव्यक्ति बंग्याइएको जिकिर गरे । ‘उहाँलाई सरकारले क्षतिपूर्ति दिनुपर्छ भनेको होइन,’ उनले भने, ‘जोसँग किन्नु भएको हो, उसैले दिनुपर्छ भनेको हो ।’

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...