समर्थकले लगाए नेयमारविरुद्ध नारा, भने ‘क्लब छाडेर जाऊँ’

समर्थकले लगाए नेयमारविरुद्ध नारा भने 'क्लब छाडेर जाऊँ'नेयमारलाई सिजनको पहिलो खेल नखेलाउने पीएसजीको निर्णयनेयमारले बलात्कारको आरोपबाट पाए मुक्ती रोनाल्डो पछि अब 'नेयमार'माथी पनि यौन दुर्व्यवहारको आरोप

समर्थकले लगाए नेयमारविरुद्ध नारा भने ‘क्लब छाडेर जाऊँ’

२७ साउन २०७६ एजेन्सी : हिजो राति भएको खेल पीएसजीका समर्थकले नेयमारविरुद्ध नारा लगाएका छन् । हिजो राति भएको खेलमा पीएसजीले निम्सलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । सिजनको पहिलो खेल हेर्न पुगेका समर्थकहरुले नेयमारलाई क्लब छाड्न गरेका थिए ।

निम्सविरुद्धको खेलमा समर्थकहरुले ‘नेयमार, क्लब छाडेर जाऊँ’ जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । सो खेलमा नेयमार भने टिममा रहेका थिएनन् । खेलमा पीएसजीका निर्देशक लियोनार्डाेले नेयमारलाई नखेलाउने निर्णय गरेका थिए । नेयमार गतसाता फ्रेन्च सुपरकप दौरान पनि बेन्चमै रहेका थिए ।

२७ वर्षीय ब्राजिलका स्ट्राइकर नेयमारले सन् २०१७ मा पीएसजी पुगेका थिए । कतारी लगानीकर्ताले करिब २ सय मिलियन पाउण्ड खर्चिएपछि उनी फ्रान्सेली लिग पुगेका थिए ।२७ वर्षीय ब्राजिलका स्ट्राइकर नेयमारले पछिल्ला दुई सिजनमा ३४ गोल गरेका छन् ।बार्सिलोनामा यसअघि लिग, च्याम्पियन्स लिग र कप उपाधि जितिसकेका नेयमारले यस सिजन पीएसजीका लागि खेलेका छैनन्।

विश्वको क्लब फुटबलका सर्वाधिक महङ्गा खेलाडी नेयमार पछिल्लो समय बार्सिलोना वा रियल मड्रिड जाने कुर निकै चर्चाको बिषय बनेको छ । २७ वर्षीय ब्राजिलका स्ट्राइकर नेयमारको लागि रियलले ११० मिलियन पाउन्ड राखेको छ । २७ वर्षीय नेयमारको बार्सिलोना फर्कने चहाना पूरा नहुने भएपछि उनलाई अनुबन्धित गर्न रिलयलले रुचि देखाएको हो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...