बार्बाडोसको जितमा सन्दीप ‘म्यान अफ द म्याच’

क्यारेबियन क्रिकेट लिग: सन्दीपको टिम पराजितसन्दिपले गरे आफ्नो करियरकै उत्कृस्ट बलिंग,बने आजको खेलको म्यान अफ द म्याच

बार्बाडोसको जितमा सन्दीप ‘म्यान अफ द म्याच’

२६ भाद्र २०७६ : सन्दिपले आफ्नो करियरकै उत्कृस्ट बलिंग गर्दा वार्बेडोस विजय भएको छ । करेबियन प्रिमियर लिगमा सन्दिपले आफ्नो करियरकै उत्कृस्ट बलिंग गरेका छन् ।पहिलो खेलमा मात्र १ ओभर बलिंग गरेका सन्दिपले दोश्रो खेलमा सन्दिपले आफ्नो करियरकै उत्कृस्ट बलिंग गरेका साथै म्यान अफ द म्याच पनि घोषित भएका हुन् । विहीबार विहान सम्पन्न खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई १८ रनले हराउँदै बार्बाडोसले पहिलो जित हात पारेको छ ।

सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बिरुद्धको खेलमा सन्दिपले उत्कृस्ट बलिंग गरे पछि टिमले जित दर्ता गरेको हो । नेपाली स्पिनर सन्दिपले करेबियन प्रिमियर लिगमा बारबेडोस ट्राइडेन्टको प्रतिनिधित्व गरिरहेका छन् ।सन्दिपलाई बार्बाडोसले ७० हजार डलरमा जेठ महिनामा सम्पन्न ड्राफ्टमार्फत टिममा लिएको थियो। सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो।

सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स विरुद्ध सन्दीपको प्रदशन यस्तो रह्यो

1 st over : 1 4 1 1 . .
2 nd over : 1 6 . . . .
3 rd over : W 4 . . 2 W
4 th over : . 1 W 1 . . )

१३ औं ओभरमा बलिंग गर्न आएका सन्दिपले ओभरको आफ्नो पहिलो बलमा शम्राह ब्रुक्सलाई क्याच आउट गराका थिए ।६१ रन बनाएर उत्कृस्ट ब्याटिंग गरिरहेका लौरी इभान्स पनि सन्दिपले क्याच आउट गरेका थिए । आफ्नो अन्तिम ओभरमा सन्दिपले ब्राथवेटलाइ आउट गरे ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...