सत्तामा पुग्नका लागि मात्रै नेकपाले कम्युनिष्ट हुँ भनेर जनतालाई भ्रममा पार्यो: केसी

नेकपा अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो प्रधानमन्त्रीकालमा डा केसी उपप्रधानमन्त्री समेत बानेका थिए।

सत्तामा पुग्नका लागि मात्रै नेकपाले कम्युनिष्ट हुँ भनेर जनतालाई भ्रममा पार्यो: केसी

२५ साउन २०७६ बुटवल : पुर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा नेतृत्वको सरकार कम्युनिष्ट नभएको बताएका छन् । सरकारमा रहेका नेताहरुको आनीवानी, आचारण, नीति, सिद्वान्त कम्युनिष्ट सिद्धान्त र आदर्शसँग मेल नखाने उनले बताए ।

नेकपा अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो प्रधानमन्त्रीकालमा चित्र बहादुर केसी उपप्रधानमन्त्री समेत बानेका थिए।

पार्टीनिकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै केसीले सरकारले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको आरोप लगाए । ‘चुनाव जितेर सत्तामा पुग्नका लागि मात्रै नेकपाले आफूलाई कम्युनिष्ट भनेर जनतालाई भ्रममा पारेको हो’, केसीले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा आफैंले लगानी गर्ने, निजीकरण र व्यापारिकरण गर्ने, चुनावमा निष्ठावानलाई नभई करोडपतिहरुलाई टिकट बाँड्ने पार्टी पनि किम्युनिष्ट हुन्छ ?’

अध्यक्ष केसीले राष्ट्रियता, अखण्डता र सार्वभौमिकता संकटमा परेको र सरकार विदेशीको इशारामा चलेको भन्दै देश बचाउन विदेशी शक्ति केन्ऽहरुसँग सजग रहनुपर्नेमा जोड दिए । सरकार विदेशी शक्ति केन्ऽहरुसँग बोल्न डराएकै कारण नेपाल अहिलेसम्म परनिर्भतामा रहेको र व्यापार घाटाले अर्थतन्त्र थिचिएको बताए ।

नेपालमा भएका उद्योग कलकारखाना भारतको इशारामा बन्द गरिएको दाबी गर्दै केसीले सत्ताको लोभमा सत्तासिनहरु बोल्न डराएको बताए ।

नेपालले तीन तहको संघीयता थेग्नै नसक्ने दाबी गर्दै केसीले केन्द्र र स्थानीय तहलाई बलियो बनाएर प्रदेशको संरचना खारेज गर्नु पर्ने बताएका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...