श्रीलंकाको क्रिकेट टोली पाकिस्तान जान अस्वीकार

श्रीलंकाको क्रिकेट टोली पाकिस्तान जान अस्वीकार

श्रीलंकाको क्रिकेट टोली पाकिस्तान जान अस्वीकार

२४ भाद्र २०७६: श्रीलंकाको क्रिकेट टोली पाकिस्तान जान अस्वीकार गरेको छ । आफ्नै भूमिमा अन्तराष्ट्रिय क्रिकेट खेलाउने पाकिस्तानको प्रयास पुनः असफल भएको छ। सुरक्षाको कारण देखाउँदै श्रीलंकाको क्रिकेट टोली पाकिस्तान जान अस्वीकार गरेको हो ।

सेप्टेम्बर २७ देखि सुरु हुने तीन एक दिवसीय र तीन टी–२० सिरिजका लागि श्रीलंकाको टोली पाकिस्तान जाने कार्यक्रम रहेको थियो । श्रीलंकाले पाकिस्तानसँग दुई टेस्ट म्याच पनि खेल्ने भनिएको थियो । टेस्ट म्याच खेल्ने मिति र स्थान सार्वजनिक भइसकेको थिएन । क्रिकइन्फोका अनुसार पाकिस्तान जान अस्वीकार गर्ने १० खेलाडीमा कप्तान दिमुथ करूणारत्ने, लसिथ मालिंगा, एन्जेलो म्याथुज, निरोशन डिकवेला, कुसल परेर, धनंजय डि सिल्वा, थिसारा परेर, अकिला धनंजय, सुरगा लकमल तथा दिनेश चांडीमल रहेका छन्।

सन् २००९ मा श्रीलंकाका खेलाडीहरुमाथि पाकिस्तानमा आक्रमण भएको थियो । त्यसपछि एक पटकमात्र श्रीलंकाको टोली पाकिस्तान गएको छ । सन् २००९ मा एक टेस्ट म्याचका लागि पाकिस्तान पुगेको श्रीलंकाको टोली सवार बसमा लाहोरमा आतंकवादी आक्रमण भएको थियो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...