श्रीमानको कुटाइबाट ३२ वर्षीया श्रीमतीको मृत्यु

श्रीमानको कुटाइबाट ३२ वर्षीया श्रीमतीको मृत्यु

७ बैशाख २०७६ पर्सा : श्रीमानकै कुटाइबाट फेरि पर्सामा एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी विर्ता निवासी पन्नालाल दासको कुटाइबाट आज उनकी ३२ वर्षीया श्रीमती अञ्जु देवीको मृत्यु भएको हो ।

गत चैत १५ गते वीरगञ्ज–११ श्रीपुर निवासी डा सचितानन्द यादवको कुटाइबाट श्रीमती सुनिता यादवको मृत्यु भएको थियो । पारिवारिक विषयलाई लिई भएको झगडामा दासको कुटाइबाट अञ्जुको मृत्यु भएको माइती पक्षले आरोप लगाएको प्रहरीले जनाएको छ ।

अञ्जुको शवलाई सद्गत गर्न घाटतर्फ लैजाने क्रममा माइती पक्षले दिएको जानकारीको आधारमा कारवाही गर्दा शवलाई छाडी श्रीमानसहितका ससुराली पक्ष फरार भएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । उनले अञ्जुको शरीरमा घाउ देखिएपछि शवलाई नारायणी अस्पतालमा परीक्षण गराइएपछि माइतीपक्षको जिम्मा लगाएको बताए ।

घटनामा संलग्न रहेका श्रीमान् दासलगायतकाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *