शिखर धवन ठीक नभए ऋषभ पन्तलाई ल्याउने

शिखर धवन ठीक नभए ऋषभ पन्तलाई ल्याउने

शिखर धवन ठीक नभए ऋषभ पन्तलाई ल्याउने

२९ जेठ २०७६ एजेन्सी : तिन सात भित्र शिखर धवन ठीक नभए ऋषभ पन्तलाई ल्याउने कुरा अहिले भारतीय मिडियाले जनाएको छ ।औंलामा चोट लागेपछि शिखर धवन ३ साताका लागि मैदान बाहिर बस्नुपर्ने भएपछि भारतीय क्रिकेट टोलीमा ऋषभ पन्तले मौका पाउने अनुमान गरिएको छ।

औपचारिक रूपमा घोषणा नगरिएपनि पन्तलाई इङ्ल्याण्ड जान तयार रहन निर्देशन बीसीसीआईले ऋषभ पन्तलाई दिसकेको भारतीय संचारमाध्यमले जनाएका छन् । धवन ठीक नभएमा मात्रै पन्तले टोलीमा सथान पाउने बताइए पनि बिसिसीआईले यसबारेमा कुनै औपचारिक धारणा बाहिर ल्याएको छैन।

तर शिखर धवन २-३ सातामा ठीक हुने विश्वास बिसिसीआईले लिएको छ । शिखर धवन अष्ट्रेलियाविरुद्धको खेलमा बुढी औंलाको चोट बोकेका थिए । धवनको शतकीय इनिङ्समा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको थियो ।खेलको क्रममा बलर नाथन कउल्टर नाइलले बलिङ गरेको बाउन्सर बलले लागेर उनको देब्रे हातको बुढी औला फ्याक्चर भएको थियो ।

शिखरले न्यूजिल्याण्ड र पाकिस्तानविरूद्धको खेल गुमाउने अनुमान गरिएको छ।

बिश्वकपमा भारतको बाँकी खेल

भारत बिरुद्ध न्युजिल्यान्ड – १३ जुन , भारत बिरुद्ध पाकिस्तान १६ जुन , भारत बिरुद्ध अफगानिस्तान २२ जुन , भारत बिरुद्ध वेस्ट इन्डिज २७ जुन, भारत बिरुद्ध इंग्ल्याण्ड ३० जुन , भारत बिरुद्ध बंगलादेश २ जुलाई , भारत बिरुद्ध श्रीलंका ६ जुलाई,

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...