शाल्केको पोस्टमा वायर्नको ५ गोल

शाल्केको पोस्टमा वायर्नको ५ गोल

१२ माघ २०७६ एजेन्सी: जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले रोमान्चक जित दर्ता गरेको छ । जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले शाल्केको पोस्टमा ५ गोल प्रहार गरेको छ । साविक विजेता वायर्न म्युनिखलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की,थोमस मुलर, लिओन गोर्टेज्का, थियागो र गेन्ब्री सेर्गीले एक एक गोल गरे ।

जर्मन बुन्डेस लिगमा सनिबार राति भएको खेलमा ६ मिनेटमा गोल गर्दै रोबर्टो लेवान्डोस्कीले सुरुवाती अग्रता दिलाएका थिए। खेलको ४५ औ मिनेटमा थोमस मुलर गोल गर्दै अग्रता २-० अघि बढाए। ५८ औं मिनेटमा थियागोले वायर्नको अग्रता ५-० को बनाए । त्यसपछि खेलको ८९ औं मिनेटमा सेर्गीले गोल गर्दा वायर्न ५-० ले विजयी भयो ।

जितसँगै बायर्नको १९ खेलबाट ३९ अंक पुगेको छ । समान खेलबाटै आरबी लेइपजिगको ४० अंक छ । साल्को ३३ अंक जोडेर पाँचौ तथा फ्रन्कफर्ट २४ अंक जोडेर नवौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *