बिचित्र विश्वसमाज

विश्वका १० ठुला हिन्दू मन्दिरहरु र तिनको स्थान

विश्वका १० ठुला हिन्दू मन्दिरहरु र तिनको स्थान

नेपाल र भारतमा नभएर मात्र होइन् विश्वका विभिन्न ठाउमा हिन्दू धर्मलबी बस्ने गर्छन् । हिन्दू धर्मलबीहरु मन्दिर गएर पूजा पाठ गर्ने गर्दछन् । हिन्दू धर्म वा सनातन धर्म (धेरै समयदेखि चलिआएको) धर्म जुन हालसम्म चलिआएको छ। हिन्दू धर्मको विशेषता यस भित्रका बिभिन्न आस्था र विश्वासका स्रोत हुन्। ९० हजार वर्षभन्दा पहिला यो धर्मको प्रारम्भ भएको थियो ।

रामायण, महाभारत र पुराणहरूमा सूर्यवंशी र चन्द्रवंशी राजाहरूको वंश परम्पराको उल्लेख उपलब्ध छ । यसका अतिरिक्त अनेक वंशहरूको उत्पति र परम्पराको वर्णनमा पनि हिन्दु धर्मको उतपत्तिका विषयमा कुराहरु आएका छन् । आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता मानिन्छ ।

मन्दिरला‌ई वैज्ञानिक हिसाबले पनि महत्वका साथ हेरिन्छ। मन्दिर जाँदा धेरै कुरामा फाइदा हुन्छ भनेर विज्ञानले समेत प्रमाणित गरिसकेको छ।

१. पशुपतिनाथ मन्दिर, काठमाडौँ- नेपाल

पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।

पशुपतिनाथ मन्दिर, काठमाडौँ- नेपाल

२. प्रम्बनान, इण्डोनेसिया

‘प्रम्बनान मन्दिर’ इण्डोनेसियाकै सबैभन्दा ठूलो हिन्दु मन्दिर हो र यो एसियाकै सबैभन्दा ठूलो हिन्दु मन्दिर पनि हो। यहाँको अग्लो र चुच्चो कलाकृतिले हिन्दु मन्दिरकै कलाशैलीलाई झल्काउँदछ। ९औँ शताब्दीमा निर्माण गरिएको यस मन्दिरको परिशरमा लगभग २०० भन्दा बढि स-साना मन्दिरहरू रहेका छन् भने ती सबैले बीचको मूख्य तीन अग्ला मन्दिरलाई घेरेको छ। ती तीन अग्ला मन्दिर हिन्दु धर्मका त्रीमूर्तीदेव ‘ब्रह्मा- विष्णु- महेश्वर’ प्रति समर्पण गरेर बनाइएको हो।

https://www.bishwaghatana.com/wp-content/uploads/2020/01/२.-प्रम्बनान-इण्डोनेसिया.jpg

३. अङ्गकोर वाट, क्याम्बोडिया

अङ्गकोर वाट क्याम्बोडिया सबै भन्दा ठुलो मन्दिर हो । यो १२ औ शताब्दीमा निर्माण गरिएको मन्दिर हो ।सन् ११३० देखि ११५० को बीचमा निर्माण गरिएको यस विशाल मन्दिर ३,९९३ रोपनीको क्षेत्रमा फैलिएको छ। विश्वकै सबैभन्दा ठूला धार्मिक स्थलको सूचीमा अङ्गकोर मन्दिर पनि पर्दछ।।

https://www.bishwaghatana.com/wp-content/uploads/2020/01/३.-अङ्गकोर-वाट-क्याम्बोडिया.jpg

४. खजुराहो मन्दिर, मध्येप्रदेश- भारत

यो मन्दिर भारतको  मध्ये प्रदेश रहेको छ ।चण्डेला कालमा निर्माण गरिएको यस ‘खजुराहो मन्दिर’ वरिपरि सुरुमा करीब १००० वटा मन्दिरहरू भएको मानिन्छ। तर अहिले केवल २० वटा मन्दिरहरू मात्रै अवस्थित छन्। यो मन्दिर दुईवटा धर्मसम्प्रदाय अन्तर्गत पर्दछ- हिन्दु र जैन।

५. मिनाक्षी मन्दिर, मन्दुराई- भारत

मिनाक्षी अम्मन मन्दिर भारतको तमिलनाडु राज्यको मदुरै शहरमा अवस्थित रहेको छ । यो हिन्दु देवता शिव (“‘सुन्दरेश्वरर”’ वा सुन्दर ईश्वरको रुपमा) तथा भार्या देवी पार्वती (मीनाक्षी वा माछाको आकारको आखाँ भएको देवीको रुपमा) दुवै समर्पित रहेको छ । अर्को महत्वपुर्ण कुरा माछा पाण्डेय राजाहरुको राजचिन्ह पनि हो । यो मन्दिर तमिल भाषाको गृहस्थान २५०० वर्ष पुरानो मदुरै शहारको जीवनरेखा हो ।

५. मिनाक्षी मन्दिर, मन्दुराई- भारत

६. सूर्य मन्दिर, कोनार्क- भारत

६. सूर्य मन्दिर, कोनार्क- भारत

कोणार्क सूर्य मन्दिर उडीसा, भारत, कोणार्कमा एक १३औँ शताब्दीको सूर्य मन्दिर हो जसलाई काला शिवालयको नामले पनि चिनिन्छ। यो मन्दिर सन् १२५० को वरिपरी पूर्वी गङ्गा राजवंश राजा नरसिम्हादेवाद्वारा निर्मित गरिएको हो भन्ने विश्वास छ। कोणार्क सूर्य मन्दिर एक युनेस्को विश्व सम्पदा क्षेत्र हो।यो मन्दिर भारतको सबैभन्दा प्रसिद्ध स्थलहरू मध्ये एक हो।

७. वृहदेश्वरा मन्दिर, ताञ्जवूर- भारत

बृहदेश्वर वा बृहदीश्वर मन्दिर तमिलनाडुको तंजौरमा स्थित एक हिन्दू मन्दिर हो जुन ११औं शताब्दीको आरम्भमा बनाइएको थियो । यसलाई तमिल भाषामा बृहदीश्वरको नामले जानिन्छ । बृहदेश्वर मन्दिर पूरा तरिकाले ग्रेनाइट नि‍र्मि‍त हो । विश्वमा यो आफ्नो तरिकाले पहिलो र एकमात्र मन्दिर हो जुन ग्रेनाइटको बनाइएको छ । यो आफ्नो भव्यता, वास्‍तुशिल्‍प र केन्द्रिय गुम्बजबाट मानिसहरूलाई आकर्षित गर्छ । यस मन्दिरलाई युनेस्कोद्वारा विश्व धरोहर घोषित गरिएको छ ।[

८. रङ्गनाथस्वामी मन्दिर, श्रीरङ्गम- भारत

८. रङ्गनाथस्वामी मन्दिर, श्रीरङ्गम- भारत

रङ्गनाथस्वामी मन्दिर भारतको श्रीरङ्गम रहेको छ । हिन्दु देव ‘विष्णु’प्रति समर्पित यस ‘श्रीरङ्गनाथस्वामी मन्दिर’ भारत  देशकै सबैभन्दा शानदार वैष्णव मन्दिरमा पर्दछ। प्राचिन द्रविदी शैलीमा निर्माण गरिएको यो मन्दिर ६३.१३१ हेक्टर (१,२६० रोपनी)को क्षेत्रमा फैलिएको छ।

८. रङ्गनाथस्वामी मन्दिर, श्रीरङ्गम- भारत

९. विरुपाक्ष मन्दिर, हाम्पी- भारत

विरुपाक्ष मन्दिर यो मन्दिर भारतमा रहेको छ । यो भगवान शिवजीको मन्दिर हो र उत्कृष्ट कलाकृति र संरचनाशैलीको कारणले यूनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत यस मन्दिरका तल्लाहरूमा हस्तकला र अनेकौँ हिन्दु देवताहरूको मूर्ती रहेको छ।

९. विरुपाक्ष मन्दिर, हाम्पी- भारत

१0. अक्षरधाम मन्दिर, दिल्ली- भारत

नयाँ दिल्ली मा अवस्थित स्वामिनारायण अक्षरधाम मन्दिर एउटा धार्मिक एवम् सांस्कृतिक तीर्थ स्थल हो। यसलाई ज्योतिर्धर भगवान स्वामिनारायणको पुण्य स्मृतिमा बनाइएको छ । यो मन्दिर १०० एकड जग्गामा फैलिएको छ । संसारको सबैभन्दा विशाल हिन्दू मन्दिर परिसर भएको कारणले गर्दा २६ डिसेम्बर २००७ मा यसलाई गिनीज बुक अफ व‌र्ल्ड रिकर्ड्समा सूचीकृत गरिएको थियो । योगी महाराज द्वारा प्रेरित हो र प्रमुख स्वामी महाराज द्वारा बनाईएको यो बीएपीएस द्वारा निर्माण गरिएको थियो

विश्वका १० ठुला हिन्दू मन्दिरहरु र तिनको स्थान

Leave a Reply

Your email address will not be published. Required fields are marked *