विश्वकप २०१९: भारतको लज्जास्पद हार

विश्वकप २०१९: भारतको लज्जास्पद हार

विश्वकप २०१९: भारतको लज्जास्पद हार

२५ असार २०७६ एजेन्सी : भारत र न्युजिल्यान्ड बीच भएको विश्वकप २०१९ अन्तर्गतको सेमिफाइनल खेलमा भारतले लज्जास्पद हार ब्येहोरेको छ ।

न्युजिल्यान्डले भारतसामु १८ रनको जित दर्ता गरि फाइनल प्रबेस गरेको छ । यसैबीच भारतको फाइनल पुग्ने सपना यहि समाप्त भएको छ।

न्युजिल्यान्डले दिएको २ सय ४० रनको मध्यम लक्ष्य पछ्याएको भारतले ४९.३ ओभरमा सबै विकेट गुमउँदै मात्र २ सय २१ रन बनाउन सक्यो । खराव सुरुवात गरेको भारतका लागि रिसभ पन्त र हार्दिक पाण्डेयले केही मात्रामा भारतको पारी सम्हाल्ने प्रयास गरेका थिए ।

सातै विकेटका लागि धोनी र रबिन्द्र जडेजाले ११६ रनको उत्कृष्ट साझेदारी गरेपनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन् । जडेजाले आक्रमक खेल खेल्दै ५९ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ७७ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै धोनीले ७२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ५० रन जोडे । भारतले सुरवाती तीन विकेट व्यक्तिगत १ १ रनमो पेभिलियन फर्किएका थिए । न्युजिल्यान्डका लागि माट हेन्रीले तीन विकेट लिए । त्यस्तै मिचेल सान्टर र बोल्टलले दुई दुई तथा लोकी फेर्गुसन र जेम्स नीशामले एक एक विकेट लिए ।

मंगलबार म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । आज त्यहिस्थितीबाट सुरु गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन बनायो ।

उक्त २४० रनको लक्ष पच्छ्याएको भारतले चौथो ओभरमा नै आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको थियो । कप्तान विराट कोहलीसँगै ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई समान १ रनमा गुमाएपछि भारत संकटमा परेको थियो ।

दोस्रो ओभरको तेस्रो बलमा म्याट हेनरीले ओपनर रोहित शर्मालाई कट निकाल्दै विकेटकीपर टम लेथमबाट १ रनमा क्याच आउट गराए। तेस्रो ओभरको चौथो बलमा कप्तान विराटलाई टेन्ट बोल्टले १ रनमा एलवी डब्लू आउट गरे । लगत्तै म्याट हेनरीले विकेटकीपर लेथमबाट ओपनर के एल राहुललाई १ रनमा क्याच आउट गराएपछि भारतले ५ ओभरमा ३ विकेट गुमाउँदै ६ रन बनाएको थियो ।

मंगलबार बर्षाले खेल रद्ध हुनुअघि कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । ३६ औं ओभरको दोस्रो बलमा युजभेन्द्र चहलले रविन्द्र जडेजाबाट क्याच आउट गराउनु अघि विलियमसनले ९५ बलमा ६ चौका प्रहार गरे । न्युजिल्यान्डले चौथो ओभरको तेस्रो बलमा ओपनर मार्टिन गुप्टिललाई १ रनमा गुमाएको थियो । गुप्टिललाई जसप्रित बुमराहले कप्तान विराट कोहलीबाट क्याच आउट गराए । त्यस्तै हेनरी निकोलसले ५१ बलमा २ चौका सहित २८ रनको योगदान दिए । जेम्स निशम १२ र कोलिन डी ग्राडहोम १६ रनमा आउट भए ।

भारतका लागि भुवनेश्वर कुमारले १० ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । जसप्रित बुमराह,,हार्दिक पान्ड्या,रविन्द्र जडेजा र युजभेन्द्र चहलले समान १ विकेट लिए ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...