विश्वकप लिग-२ : नेपालले टस जितेर फ़िल्डिङ रोज्यो, अमेरिका ब्याटिङमा – Nepali Online News Nepal

विश्वकप लिग-२ : नेपालले टस जितेर फ़िल्डिङ रोज्यो, अमेरिका ब्याटिङमा

विश्वकप लिग-२ : नेपालले टस जितेर फ़िल्डिङ रोज्यो, अमेरिका ब्याटिङमा

२९ माघ २०७६ काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको आज हुने अन्तिम खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेमा सुरु हुन लागेको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

अघिल्लो खेलमा ओमानविरुद्ध खेल्दै ओडिआईमा डेब्यु गरेका कमल सिंह ऐरीको स्थानमा आज ललित नारायण राजवंशी खेल्दैछन् ।

यसअघि नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो भने ओमानले नेपाल र अमेरिकासँग खेलेका सबै चार खेल जित्दै सिरिज क्लिनस्वीप गरिसकेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ