विश्वकप क्रिकेट: विश्वकप क्रिकेटमा अहिलेसम्म क-कसले लिए ह्याट्रिक ?

विश्वकप क्रिकेट: विश्वकपमा क्रिकेट अहिलेसम्म क-कसले लिए ह्याट्रिक ?

विश्वकप क्रिकेट: विश्वकप क्रिकेटमा अहिलेसम्म क-कसले लिए ह्याट्रिक ?

९ असार २०७६ एजेन्सी: इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा साउथह्याम्टनमा भएको खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको थियो ।

अफगानिस्तानी इनिङ्सको अन्तिम ३ विकेट लगातार लिँदै शामीले यस विश्वकपको पहिलो ह्याट्रिक पूरा गरे । ५०औं ओभरको तेस्रो बलमा मोहम्मद नावी, चौथो बलमा अफताव आलम र पाँचौ बलमा मुजिरउर रहेमानलाई आउट गरे। भारतको बलिंगमा मोहम्मद शामीले ह्याट्रिक सहित ४ विकेट लिन ९.५ ओभरमा १ मेडन ओभर सहित ४० रन खर्चिए।

विश्वकप क्रिकेट श्रीलंकन लासिथ मालिंगाले दुई पटक ह्याट्रिक विकेट लिएका छन्।विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी पनि भारतकै चेतन शर्मा हुन्। उनले २००७ मा दक्षिण अफ्रिका र २०११ मा केन्या विरुद्ध ह्याट्रिक लिएका थिए ।

श्रीलंकाकै अर्का खेलाडी चामिन्दा भासले २००३ मा बंगलादेश विरुद्ध ह्याट्रिक लिएका थिए ।यसैगरी सन् १९९९ मा सकलेन मुश्ताक, सन् २००३ मा चमिन्डा वास, ब्रेटली, सन् २०१५ मा स्टीवन फिन र जेपी डुमिनीले ह्याट्रिक गरेका छन्। पाकिस्तानका सकलान मुस्ताक, अष्ट्रेलियाका ब्रेट ली, वेष्ट इन्डिजका केमर रोच, इंग्ल्याण्डका स्टेभन फिन र दक्षिण अफ्रिकाका जेपी डुमीनीले पनि ह्याट्रिक विकेट लिएका थिए।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...