विमानभित्रै पर्यटन मन्त्री भट्टराईमाथि गालीगलौज र हातपात प्रयास(भिडियो)

ज्ञानेन्द्र शाही प्रहरी हिरासतबाट रिहा बुद्ध एयर भन्छ- मन्त्री याेगेश भट्टराईले झुटो बोले मन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गर्ने ज्ञानबहादुर शाही प्रहरीको हिरासतमा विमानभित्रै पर्यटन मन्त्री भट्टराईमाथि गालीगलौज र हातपात प्रयास

विमानभित्रै पर्यटन मन्त्री भट्टराईमाथि गालीगलौज र हातपात प्रयास(भिडियो)

२९ भदौ २०७६ काठमाडौँ : भदौ २८ गते सनिबार साझ नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाजभित्र राजाबादीहरुले पर्यटन मन्त्री योगेश भट्टराईलाइ दुर्ब्यबहार गरेगरेको मन्त्रि भट्टराईले बताएका छन् । यो कुरा मन्त्रि भट्टराईले आफ्नो फेसबुक वालमा लेख्दै स्वयम् स्वीकार गरेका छन्। मन्त्रि भट्टराईका कारण जहाज उड्न ढिलाइ भएकाे भन्दै केही यात्रुले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि विमानभित्रै गालीगलौज र हातपात प्रयाससमेत भएपछि साे घटनाबारे मन्त्री भट्टराईले प्रतिक्रिया जनाएका छन् ।

मन्त्री भट्टराईले आफ्ना कारण विमान ढिलाई भएर यात्रुहरुमा पर्न गएकाे असुविधाप्रति माफी मागेका छन् । उनले आफ्नो फेसबुक वालमा लेखेका छन् कि, ‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो,’ मन्त्री भट्टराईले आफ्नाे कमजाेरी स्वीकार्दै भनेका छन्, ‘कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमाडाैँ फर्कने क्रममा केही ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो ।’

आफू जसरी पनि काठमाडाैँ फर्कनुपर्ने दबावमा रहेकाे बताउँदै उनले नेपालगंज विमानस्थलमा आफ्ना विरुद्ध ३/ ४ जना ब्यक्तिहरु आक्रमक शैलीमा प्रस्तुत भएकाे बताएका छन् ।

‘एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैँले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने,’ उनले आफ्नाे फेसबुकमा लेखेका छन्, ‘त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालेँ । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।’

Passengers on board Buddha Air aircraft aggressive towards Minister of Culture, Tourism and Civil Aviation, Yogesh Bhattarai for boarding late and causing delay in flight schedule. A sad happening!Source: Unknown

Posted by Love For Aviation In Nepal on Saturday, 14 September 2019

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...