विप्लव समुह सबै नेता भूमिगत

विप्लव समुह सबै नेता भूमिगत

२९ फागुन २०७५ काठमाडौँ: सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधकारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास सृजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वार्तामा समेत बोलाउँदा नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको जानकारी गराउनुभएको एक मन्त्रीले जानकरी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले उक्त बैठकमा विप्लव समुहको गलत क्रियाकलाप बन्द गर्न कठोर कदम चाल्नुपर्ने अवस्था सृजना भएकाले सरकार चुप लागेर बस्न नहुने बताउनुभएको थियो ।

विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेकाले सरकार प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेको ती मन्त्रीको दावी थियो । मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाएको हो ।

यो समाचार नेपाल समाचार पत्रिकामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *