विप्लवको घर सर्च गर्ने क्रममा झडप: दुइ प्रहरी घाइते, भारी मात्रामा हतियार बरामद

विप्लवको घर सर्च गर्ने क्रममा झडप: दुइ प्रहरी घाइते, भारी मात्रामा हतियार बरामद

२३ फाल्गुन २०७५ काठमाडौं- भूमिगत संगठन नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको कपिलवस्तुस्थित घरमा प्रहरीले छापा मारेर ठुलोमात्रामा हतियार बरामद गरेको छ।

सुराकीको आधारमा आज बिहान नेपाल प्रहरी र सशस्त्रको टोलीले कपिलवस्तुको शिवराज नगरपालिका– ९ स्थित शिवगढीमा विप्लवको घरसहित अन्य घरमा पनि छापा मारेको हो।

छापा मार्ने क्रममा प्रहरीले विप्लवको घरबाट एसएमजी दुई थान, चाइनिज पेस्तोल एक थान, दुई सय राउन्ड गोलीसहित बम बनाउने विस्फोटक पदार्थ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

छापा मार्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडपसमेत भएको थियो। झडपमा प्रहरी जवान अमर वली र पुतली चौधरी घाइते भएका छन्। प्रहरीले छापा मर्ने क्रममै एक जनालाई पक्राउ समेत गरेको छ।

पक्राउ गरेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गर्न भने चाहेन । प्रहरीले विशेष सुराकीको आधारमा सर्च अपरेसन चलाएको बताएको छ । अपरेसनका क्रममा विप्लवका भतिजा यादव चन्दको घरबाट समेत ठूलो मात्रामा हतियार बरामद भएको छ।




प्रतिक्रिया दिनुहोस !!!

Your email address will not be published. Required fields are marked *