विप्लवका छोरा प्रकाश चन्द रातारात पक्राउ

पक्राउ परेका ‘विप्लव’का छोरा प्रकाशसहित सबै विद्यार्थी छुटेनेत्र बिक्रम चन्द "विप्लव" का छोरा प्रकाश चन्द पक्राउ

विप्लवका छोरा प्रकाश चन्द रातारात पक्राउ

२५ भदौ २०७६ चितवन : नेपाल सरकारले केहि समय अघि प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ । उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...