अन्तरास्ट्रिय

विद्यालयमा भागदौड हुँदा १४ बालबालिकाको मृत्यु

विद्यालयमा भागदौड हुँदा १४ बालबालिकाको मृत्यु

२१ माघ २०७६ केन्या: पश्चिमी केन्यामा एउटा विद्यालयमा भागदौड मचिदा कम्तीमा १४ बालबालिकाको मृत्यु भएको छ ।

राजधानी नाइरोबीबाट पश्चिमोत्तर भागमा काकामेगास्थित एक प्राथमिक विद्यालय सोमवार अपराह्ण उक्त घटना भएको थियो। विद्यालय छुट्टी भएपछि विद्यार्थीहरू कक्षाकोठाबाट निस्किन लाग्दा भागदौड भएको विवरणहरू बाहिर आएको छ। केन्याका शिक्षामन्त्री जोर्ज मगोहाले स्थानीय सञ्चाजमाध्यमलाई १४ जनाको निधन भएको पुष्टि गरे।

द डेली नेशन समाचारपत्रका अनुसार विद्यार्थीहरू छुट्टीपछि भर्‍याङबाट ओर्लिन खोज्दा भिड भएको थियो र भिड भए पछि उक्त भर्‍याङ कमजोर भएका भत्किएको बताइएको छ। केन्या सरकारले कमजोर संरचना भएका विद्यालयहरूलाई कारबाही गर्ने उद्घोष गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *