वार्नरकाे शतकमा पाकिस्तानको दोश्रो हार

वार्नरकाे शतकमा पाकिस्तानको दोश्रो हार WC 2019_Aus vs Pak:बीबीसी अनुसार आजको खेलमा पानी पर्न सक्ने सम्भावनाWC 2019_Aus vs Pak:बीबीसी अनुसार आजको खेलमा पानी पर्न सक्ने सम्भावना

वार्नरकाे शतकमा पाकिस्तानको दोश्रो हार

३० जेठ २०७६ एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले तेश्रो जित दर्ता गरेको छ । हिजो राती सम्पनन काउन्टी ग्राउण्डको खेलमा अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्यमाम उल–हकले ५३ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् ।

पाकिस्तानलाई सस्तैमा समेट्न अष्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए ।पहिलो विकेटका लागि एक सय ४६ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले एक सय सात रन बनाए भने कप्तान आरोन फिन्चले ८२ रन जोडे ।

दुई सय ७७ रन बनाउँदासम्म ४ विकेटमात्र गुमाएको अष्ट्रेलियाले बाँकी ३० रन जोड्दा पछिल्ला ६ विकेट गुमाएको हो । पाकिस्तानका मोहम्मद अमिरले ३० रन खर्चेर ५ विकेट लिए ।

जितसंगै अष्ट्रेलियाले ४ खेलबाट ६ अंक जोडेको छ । अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पाकिस्तानको यो दोस्रो हार हो । आठौं स्थानको पाकिस्तानले ४ खेलबाट ३ अंक जोडेको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...