वार्ताको औपचारिक पत्र पर्खाइमा विप्लव

साउन ७ देखि सरकारी गाडी गुडाउन प्रतिबन्ध गर्ने विप्लव समूहको चेतावनीवार्ताको औपचारिक पत्र पर्खाइमा विप्लवनेत्रविक्रम चन्दका चार कार्यकर्ता पक्राउसुर्खेतमा विप्लव समूहका दुई कार्यकर्ता पक्राउविप्लव समूहलाई सके फकाउने नसके तर्साउने आखिर के हो विप्लव समूहका माग, किन भएन वार्ता ?विप्लव समुह सबै नेता भूमिगत

वार्ताको औपचारिक पत्र पर्खाइमा विप्लव

1 साउन २०७६ काठमाडौं : सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ ।

तर सरकारले भने सो समुहलाई औपचारिक पत्र पठाउनुको साटो अनौपचारिक छलफल मात्रै गरेको छ ।

दुई पक्षबीच अनौपचारिक रूपमा छलफल भए पनि आधिकारी रूपमा पत्राचार नगरेपछि विप्लव समूहले वार्ताको भ्रम छर्ने काम सरकारबाटै भएको आरोप लगाएको छ ।

‘हामी राजनीतिक रूपमा निकास दिनका लागि वार्तामा बस्दै नबस्ने भन्ने पक्षमा छैनौं,’विप्लव समूहका एक नेताले राजधानीसँग भने, ‘तर, सरकारले आधिकारिक रूपमा वार्ताका लागि पत्र पठाएको नै छैन ।’

सरकारले वार्ताका लागि कुनै शीर्ष नेतृत्वसँग छलफल नगरेको बताउँदै एक केन्द्रीय नेताले केही स्थानीय तथा जनवर्गीय संगठनका नेतासँग वार्ताको वातावरण तयार पार्न छलफल गरेको जानकारी दिए ।

यद्यपि सरकारले आफूहरूसँग वार्ताका लागि कुनै औपचारिक पहल भने नगरेको उनको दाबी छ ।

‘अहिलेसम्म हाम्रो तर्फबाट वार्ताका लागि केन्द्रीयस्तरमा कुनै छलफल नै भएको छैन,’ उनले भने, ‘केही सामान्य छलफलकै आधारमा वार्ताको कुनै टुंगो लाग्ने कुरा नै हुँदैन ।’

सरकारले यसअघि वार्ता गर्नका लागि आह्वान गर्दै बोलाए पनि आफूहरूलाई आधिकारिक पत्र नै नआएको बताउँदै विप्लव पक्षले अस्वीकार गर्दै आएका थिए ।

गत २७ फागुनको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको समूहलाई राजनीतिक समूह नभई आतंकारी समूहका रूपमा परिभाषित गरी प्रतिबन्ध लगाएको थियो ।

विप्लव समूहका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले भने अहिलेको अवस्थामा वार्ताको कुनै सम्भावना नरहेको दाबी गरे ।

‘सरकारले इमानदारीपूर्वक वार्ताको कुरा गरेकै छैन र आन्तरिक रूपमा उसले चाहेकोजस्तो पनि देखिँदैन,’ उनले भने

विप्लव समूहले आफ्नो पार्टी सैद्धान्तिक रूपमा वार्ताविरोधी नभएको बताएको छ । नेता पुनका अनुसार सरकारले इमानदारितापूर्वक वार्ता गर्ने पक्षमा सरकार रहे आफूहरू वार्ताका लागि तयार भएको बताए ।

वार्ताका लागि विप्लव समूहले आफूहरूमाथि लगाइएको प्रतिबन्ध बिनासर्त खारेज गरिनुपर्ने, मुलुकको विभिन्न स्थानबाट पक्राउ परेका नेता कार्यकर्ताहरूलाई बिनासर्त रिहाइगर्नुपर्ने माग अघि सारेको छ ।

यसैगरी उसले निःशस्त्र रूपमा राजनीतिक गतिविधि गर्नबाट आफूहरूलाई रोक्न नहुने माग अघि सारेको छ ।

’ यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...