लुतो भनेको के हो ?यो बाट कसरि जोगिने ?

लुतो भनेको के हो ?यो बाट कसरि जोगिने ?

लुतो भनेको के हो ?यो बाट कसरि जोगिने ?

१ साउन २०७६ : लुतो मानव शरीरको छालामा लाग्ने चर्मरोग हो।

यो रोगमा छालामा साना साना फोका वा दागहरू देखिने र चिलाउने गर्छ।

यो छालामा लाग्ने एक प्रकारको सरुवा रोग हो फोहोर आनीबानी र आचरनको कार्ने लाग्ने यो रोग विश्वको हरेक देशमा भएको पाइन्छ ।

सार्कोटोप्स स्काबेई नामक सुष्म जीवाणुवाट लुतो सर्दछ।

लुतो सम्बन्धित केही जानकारीहरु

१. लुतो रोग लाग्दा शरिरमा विषेश गरि राति चिलाउने गर्छ।

२. शरिरमा छाला पातलो हुने भागहरु जस्तै औंलाको काप, काखि, पेट, तिघ्राहरु चिलाउँछ। साना बच्चाहरुलाई हत्केला, पैंतला देखि पुरै शरिरमा चिलाउने घाउ आउन सक्छ।

३. पुरुषहरुमा लिङ्ग र अण्डकोषको छालामा चिलाउने फोका/गाँठो आउन सक्छ जुन वर्षौं सम्म रहन सक्छ।

४. यो रोग सरुवा हुन्छ र रोगीसंग नजिकका मान्छेलाई निकै सजिलोसंग र छोटो समयमै सर्न सक्छ। घरमा आएको पाहुना, नजिकैको छिमेकि, एउटै क्लासका विद्यार्थी, संगै काम गर्ने साथी वा कुनै अपरिचित मान्छे जस्लाई लुतो रोग छ त्यस्तो मान्छेबाट यो रोग थाहै नपाई सर्न सक्छ।

५. वयश्कहरुमा यो समस्या शारिरिक सम्पर्क वा असुरक्षित यौन सम्पर्क (prostitution) बाट पनि सरेको देखिन्छ।

६. शरिरको सिधा सम्पर्क (direct physical contact) बाहेक लगाएको लुगा वा अन्य कपडाहरु जस्तै रुमाल, तन्ना, सिरक र बस्ने सोफा/कुर्सी (कपडाबाट बनेको) बाट पनि सर्न सक्छ।

७. सबैभन्दा डरलाग्दो तथ्य: किटाणु शरिरमा आएको एक/डेढ महिना सम्म वयश्क मान्छेलाई नचिलाउन सक्छ, जस्ले गर्दा यो समयमा रोग अनियन्त्रत भएर फैलिने गर्छ।

यो बाट कसरि जोगिने ?
लुतो बाट बच्ने उपायहरू यसप्रकार छन् ।

डक्टरको सल्लाह बमोजिम अौषधि खानु पर्छ ।

नीमको तेल, स्याम्पु, साबुन अनि लेपहरु लुतो फाल्नकालागि अत्यन्त महत्वपूर्ण मानिन्छन् । प्रयोगशालामा समेत नीमका अवयवहरुले लुतोका जीवाणुहरु मार्ने सिद्ध भएको छ ।

नीमका स्याम्पु, साबुन आदि बिभिन्न उत्पादनहरु प्रयोग गर्नाले कुनै साइडएफेक्ट बीनानै लुतो निको पार्न सकिन्छ ।

नीमका बिरुवाहरु सहजै गाँउघरमा पाइन्छ, सामान्य पातहरुमात्रै पनि पिसेर लेप शरीरमा लगाउनाले लुतो कम हुने छ । नीमका साथै शुद्ध हर्दि या बेसार पनि लेपमा प्रयोग गर्न सकिन्छ ।

घ्यूकुमारीको बिशीष्ट स्वास्थ गुणहरुवाट हामी अनभिज्ञ छैनौं नि रु पोलेको र डाबरहरु आएको छालामा यसको बिशेष असर हुन्छ, बास्तवमै मस्याइलो र चिसो अनुभव गराउने घ्यूकुमारीको प्रयोग छालामा गर्नाले लुतो लगायत अन्य चर्मरोगहरु पनि कम हुने प्रमाणीत भएको छ ।

लुतोको उपचारकालागि दिइने ओखती बेन्जेल बेन्जेएटोको सम्पूर्ण तत्वहरु घ्यूकुमारीमा रहने गर्दछ र यसको लेप छालामा लगाउनाले लुतोका जीवाणुहरु क्रमश मर्दै जाने र छालामा शितलता आँउदै जाने तथ्य छ ।

स्मरण रहोस्, एलोबेराका उत्पादनहरु र लेपहरु खरिद गर्दा सकेसम्म थोरै अन्य तत्वहरु र मिसावट भएका उत्पादनहरु प्रयोग गर्नुहोला, नत्र एलोबेराका पातहरु आँफैले पनि पिसेर या लेदो बनाएर प्रयोग गर्न सकिन्छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...