लियोन पोस्टमा बार्सिलोनाको ५ गोल

लियोन पोस्टमा बार्सिलोनाको ५ गोलएल क्लासिको: लिग लिडर बार्सिलोनालाई ७ अंकको अग्रता

लियोन पोस्टमा बार्सिलोनाको ५ गोल

३० फागुन २०७५ एजेन्सी: च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा बार्सिलोनाले प्रभावशाली जित दर्ता गरेको छ । बुधबार राति भएको १:४५ बजेको खेलमा स्पेनिस क्लब बार्सिलोनाले लियोनलाई ५ –१ गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोना समग्रमा ५-१ को नतिजा सहित अन्तिम ८ मा पुगेको हो । पहिलो लेगको खेलमा ०-० को बराबरी खेलेको थियो ।

मेस्सीले खेलको १७ औं मिनेटमा र ७८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।मेस्सिले पहिलो गोल पेनाल्टी मार्फत गरेका थिए । ३१ औं मिनेटमा काउटिन्होले टुसार्टले ५८ औ मिनेटमा पीकेले ८१ औ मिनेटमा गोल गरेका थिए ।खेल सकिन ४ मिनेट अगाडी डेम्बेलेले क्लबका लागि पाँचौ गोल गरेका थिए ।

प्रतियोगिताको क्वार्टरफाईनलको ड्र आगामी शुक्रबार हुनेछ ।




One thought on “लियोन पोस्टमा बार्सिलोनाको ५ गोल

प्रतिक्रिया दिनुहोस !!!

Your email address will not be published. Required fields are marked *