लिग-२ सिरिजमा सन्दीपले लिने प्रत्येक विकेटमा रंगशालालाइ आर्थिक सहयोग गर्ने

लिग-२ सिरिजमा सन्दीपले लिने प्रत्येक विकेटमा रंगशालालाइ आर्थिक सहयोग गर्ने

१९ माघ २०७६ काठमाडौं : विश्व क्रिकेट जगतमा चर्चित नामहरुको शृंखलामा जोडिने क्रममा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले नेपालकै चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनको अग्रतामा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि सहयोगको घोषणा गरेका छन् ।

उनले आगामी २२ गते देखि देखि शुरु हुने अमेरिका ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजमा आफ़ुने लिने विकेटबाट रकम दिने घोषणा गरेका छन् । खेल यहि माघ २२ देखि किर्तिपुर अन्तरास्ट्रिय रंगशालामा रुरु हुँदै छ।

सन्दीप लामिछानेले नेपालका तर्फ बाट अमेरिका र ओमानविरुद्ध लिने प्रत्येक विकेट वापत ८ हजार ८४८ रुपैयाँ क्रिकेट रंगशालालाई दिने बताएका हुन् ।

उनले नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथाको उचाई बापतको रकम रंगशाला निर्माण कार्यमा सहयोग गर्ने जनाएका छन् ।

विश्व क्रिकेट लिग २ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिदेशीय सिरिज यही माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ ।

नेपालले ओडीआई मान्यता पाएपछि पहिलो पटक घरेलु मैदानमा ओडीआई सिरिज खेल्न लागेको हो । यसअघि नेपालले खेलको दुई ओडीआई सिरिजमध्ये एक सिरिज जित्दा अर्को बराबरी भएको थियो ।

नेदरल्याण्ड्सविरुद्धको पहिलो सिरिज १-१ को बराबरी गरेको नेपालले युएईविरुद्धको सिरिज २-१ ले जितेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ