रौतहटमा बाढी, पूर्व-पश्चिम राजमार्ग बन्द

मार्खुमा पहिरामा परी आमाछोरीको मृत्यु उद्धार तथा राहत तीव्र: एउटै जिल्लामा दुई लाखसम्म पीडितरौतहटमा बाढी, पूर्व-पश्चिम राजमार्ग बन्द

रौतहटमा बाढी, पूर्व-पश्चिम राजमार्ग बन्द

२७ असार २०७६ काठमाडौँ : बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढीले रौतहटमा जनजीवन प्रभावित भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग डुबानमा परेको छ लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।

अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।

अहिले सडक डुबानका कारण साना सवारी साधन चल्न सकेका छैनन् भने ठुला सवारी साधनमात्रै ओहोरदोहोर गरिरहेका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...