रुपन्देहीमा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा एक्कासी बत्ति आएपछि एकजना गम्भिर घाईते

रुपन्देहीमा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा एक्कासी बत्ति आएपछि एकजना गम्भिर घाईते

रुपन्देहीमा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा एक्कासी बत्ति आएपछि एकजना गम्भिर घाईते

१ जेठ २०७६ बुटवल : बिग्रीएको विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा पोलमा चढेका रुपन्देहीको गैंडहवामा एकजना व्यक्ति गम्भिर घाईते भएका छन् । गैंडहवा गाउंपालिका वडा नंं ८ मैनहियामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि तिलोत्तमा नगरपालिका वडा नंं १४ का गुरुदत्त चौधरी गम्भिर घाईते भएको स्थानीय सन्दिप गुप्ताले जानकारी दिए । उनी विद्युत प्राधिकरण अमुवामा कार्यरत कर्मचारी हुन् । चौधरीको एउटा हात र एउटा खुट्टा चुडिएको बताइएको छ ।

गम्भिर अवस्थामा उद्धार गरिएका चौधरीलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि लगिएको विद्युत प्राधिकरण अमुवा ग्रिडका किशोर श्रेष्ठले जानकारी दिए ।

विद्युत प्रवाह बन्द गरी ट्रान्सफर्मर मर्मत गरिरहेको अवस्थामा एक्कासी विद्युत प्रवाह सूचारु गरिदिएका कारण उक्त घटना घटेको गुप्ताले जानकारी दिए ।

काम गरिरहेको अवस्थामा एक्कासी विद्युत लाईन जोडेपछि चौधरी दश मिनेट भन्दा बढि समय पोलमाथी नै अड्किएका थिए ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...