रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

२९ भाद्र २०७६ एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड उक्लिएको छ ।शनिबार राति भएको खेलमा रियल मड्रिडले ३-२ को जित दर्ता गरेको छ । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे भने कासिमिरोले एक गोल गरे । लेभान्टेको लागि भने लेभान्टेका बोर्जा मायोरल र गोन्जालो मेलेरोले एक एक गोल फर्काए ।

रियलको घरेलु मैदानमा सान्टीयागो बेर्नाबेउमा पहिलो गोल २५ औ मिनटमा करिम बेन्जिमा गर्दै रियललाइ पहिलो अग्रता दिलाएका थिए । फेरी ३१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए । खेलको ४० औं मिनेटमा कासिमिरोले गोल गर्दा पहिलो हाफमा रियल ३–० ले अघि रह्यो ।

खेलको ४९ औं मिनेटमा पाहुना टोलीका मायोरलले गोल गर्दै खेल ३–१ मा ल्याए । त्यसपछि खेलको ७५ औं मिनेटमा मेलेरोले थप एक गोल गरेपनि लेभान्टे ३–२ ले पराजित हुन् पुग्यो । इन्जुरी टाइममा लेभान्टेले झण्डै बराबरी गोल गरेको थियो तर रोबिन बेजोको हेडर मडि्रडका गोलकिपरले मुस्किलले बचाएका थिए ।सान्टिएगो बेर्नाबाउमा भएको खेलमा इडन हजार्डले डेब्यू गरेका थिए ।यो सिजन चेल्सीबाट रियल मड्रिड गएका उनले चोटका कारण सुरुका केही खेल गुमाएका थिए ।रियलले ४ खेलबाट ८ अंक जोडेको छ । लेभान्टेको ४ खेलबाट ६ अंक रहेको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...