राष्ट्रपति आज अमेरिका प्रस्थान गर्दै

राष्ट्रपतिबाट राष्ट्र बैंकको भवन शिलान्यासस्वास्थ्यमा समस्या आएका कारण राष्ट्रपति भण्डारी एक दिन अगावै स्वेदश फर्किंदैराष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ताराभिभिआइपी संस्कृति गर्यो गणतन्त्रकै बदनामीष्ट्रपति आज अमेरिका प्रस्थान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार अमेरिका जादै

राष्ट्रपति आज अमेरिका प्रस्थान गर्दै

२५ फागुन २०७५ काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै छिन् ।

राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी फागुन २७ गते साँझ अध्यक्ष ग्रेसेसले नारी राष्ट्राध्यक्ष–सरकार प्रमुखको स्वागत एवम् सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ ।

उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्रसङ्घको सचिवालयमा महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारीले इष्टोनियाका राष्ट्रपति केर्स्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारी आगामी चैत्र १ गते स्वदेश फकर्नुहुने कार्यक्रम रहेको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...