पूर्वराजा ज्ञानेन्द्र सर्लाहीमा, राजालाई नजिकबाट हेर्नको लागि तँछाडमछाड

पूर्वराजा ज्ञानेन्द्र सर्लाहीमा,राजालाई नजिकबाट हेर्नेको लागि तँछाडमछाडपूर्व राजा ज्ञानेन्द्रलाई जनकपुरमा भव्य स्वागतपूर्वराजा ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?मर्यादाक्रममा अटाएनन् पूर्वराजा ज्ञानेन्द्रखुल्दै पूर्वराजाका अतिगोप्य कक्ष

पूर्वराजा ज्ञानेन्द्र सर्लाहीमा, राजालाई नजिकबाट हेर्नको लागि तँछाडमछाड

१ चित्र २०७५ सर्लाही – विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र बिहीबार दिउँसो सर्लाही आएका छन्।

महोत्तरीको जलेश्वरबाट पूर्वपश्चिम राजमार्ग हुँदै सुरक्षा स्कर्टिङको सवारी लावालस्करसहित शाह सदरमुकाम मलंगवा आएका हुन्। सवा ४ बजे मलंगवा आइपुगेका शाहले स्थानीय दुर्गाभगवती मन्दिरमा पूजा गरे।

पूर्वराजा शाहको स्वागतमा ठूलो संख्यामा राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित ठूलो संख्यामा राजावादीहरुको उपस्थिति थियो।

त्यस्तै पूर्वराजालाई हेर्न स्थानीय सयौं सर्वसाधारणसमेत सडकको दायाँबायाँ उभिएर नमस्कार गरिरहेका थिए। पूजालगत्तै शाहलाई मन्दिरबाट उत्तरपूर्व जानकी फेमिली पार्टी प्यालेससम्म झण्डै २ किलोमिटर पैदल यात्रा गराउने कार्यक्रम रहे पनि आधा किलोमिटर हिँडेपछि थकाइ लागेको भन्दै उनी जिप चढेका थिए।

उपस्थित राजावादीहरुले ‘राजा आऊ देश बचाऊ’, ‘राजतन्त्र जिन्दावाद’, हिन्दूराष्ट्र कायम गर’ भन्दै नारा लगाएका थिए। यो समाचार नागरिक दैनिकमा छ ।




प्रतिक्रिया दिनुहोस !!!

Your email address will not be published. Required fields are marked *