यू-१९ एसिया कप: नेपाल र श्रीलंकाको खेल आज

यू-१९एसिया कप: नेपाल र बंगलादेशको खेल आजयू–१९ एसिया कप: नेपाल टस जितर ब्याटिङमायू-१९ एसिया कप: नेपाल र श्रीलंकाको खेल आज यू–१९ एसिया कप: अफगानिस्तान विरुद्ध पाकिस्तान लाइभ भिडियो

यू-१९ एसिया कप: नेपाल र श्रीलंकाको खेल आज

२० भाद्र २०७६ :श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज (शुक्रबार) आयोजक तथा टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । नेपाल र श्रीलंकाकोबिच खेल ९:४५ देखि रहेको छ । नेपाले आज आयोजक श्रीलंकालाइ पराजित गर्दै सुखद सुरुवात गर्न चाहन्छ । रोहितको कप्तानीमा रहेको नेपाली टोली भदौ ७ मा त्यसतर्फ लागेको थियो । टोलीले त्यहाँ ३ वटा अभ्यास खेल खेलेको थियो । ३ वटा अभ्यास खेल मध्ये एउटा खेलमा जित तथा २ वटा खेलमा युवा टिम पराजित हुन पुग्यो।

यु-१९ एसिया कप हिजो देखि सुरु हुने भएको हो । हिजो दुइ खेल भएको थियो । हिजो भएको पहिलो खेलमा भारतले कुवेतलाई सात विकेटले पराजित गरेको हो । मैदान ओसिलो भएपछि २३ ओभरमा छोट्याइएको खेलमा भारतले १११ रनको सामान्य चुनौती पाएको थियो । विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले १९.१ ओभरमा तीन विकेटको क्षतिमा भेटाएको थियो । अर्को खेलमा भने अफगानिस्तानले पाकिस्तानलाई ७५ रनले पराजित गरेको हो । १६४ रनको चुनौती पछ्याएको पाकिस्तान खराब प्रदर्शन गर्दै १९.४ ओभरमा ७८ रन मै समेटियो ।

प्रतियोगितामा ५ एसियन टेस्ट रास्ट्रका यु-१९ टिमहरु, इस्टर्न बाट नेपाल र वेस्टर्न बाट युएई र कुवेत छनोट भएका छन । यु-१९ एसिया कपमा नेपालको समुहमा श्रीलंका, बंगलादेश र युएई रहेका छन्। यस्तै अर्को समुहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा सबै टिमले एक-अर्का बिरुद्ध १-१ खेल खेल खेलिसकेपछि शिर्ष स्थानमा रहने २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछ। नेपालले पहिलो खेल श्रीलंकासंग सेप्टेम्बर ६ तारिकमा खेल्नेछ। यस्तै दोश्रो खेल बंगलादेशसंग सेप्टेम्बर ८ तारिकमा तथा तेश्रो खेल युएईसंग १० तारिकमा खेल्नेछ।

२०१६ को संस्करणमा श्रीलंकामा भएको अन्डर-१९ एसिया कपमा नेपाल सेमीफाइनलसम्म पुगेको थियो जसपछि भने नेपालको प्रदर्शन खास रहन सकेको छैन। यू१९ एसिया कप ट्रफी बुधबार सार्वजनिक भएको थियो । सार्वजनिक कार्यक्रममा नेपाली युवा टोलीका कप्तान रोहित कुमार पौडेल सहित बंगलादेश,पाकिस्तान,श्रीलंका,अफगानिस्तान,यूएई र कुवेतका लगायतका कप्तान सहभागि थिए ।

यु-१९ एसिया कप आज देखि सुरु,यस्तो छ खेलतालिका

१५ सदस्यीय नेपाली टिम :- रोहित पौडेल ( कप्तान ), रित गौतम , पवन सर्राफ, आसिफ शेख, सन्दिप जोरा, भिम शार्की, हरि बहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामांग, लोकेश बम , प्रतिस जिसी

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...