यू–१८ साफ च्याम्पियनसिप: आज नेपालविरुद्ध भुटान-सम्पूर्ण जानकारी

SAFF U18 Championship 2019: Nepal vs Bhutan live streamयू–१८ साफ च्याम्पियनसिप: आज नेपालविरुद्ध भुटान-सम्पूर्ण जानकारीसाफ यू-१८: उपाधि ह्याट्रिक गर्ने नेपालको लक्ष्य

यू–१८ साफ च्याम्पियनसिप: आज नेपालविरुद्ध भुटान-सम्पूर्ण जानकारी

५ साउन २०७६ काठमाडौँ: यू–१८ साफ च्याम्पियनसिपमा नेपाले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । आजको खेल दिउँसो तीन बजे हलचोकस्थित एपीएफको खेलमैदानमा हुने छ । नेपालको समूहमा माल्दिभ्स, भुटान छन् । समूह बीमा बंगलादेश श्रीलंका र भारत रहेका छन् । डिफेन्डिङ च्याम्पियनसमेत रहेको घरेलु आयोजक टोली नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। तर भुटानविरुद्ध भने नेपाल स्पष्ट जितको खोजीमा हुनेछ ।

भुटानमाथि जित हात पारे नेपाल सेमिफाइनलमा पुग्नेछ । भुटानमाथि नेपालले बराबरी खेले पनि सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । सन् २०१५ मा नेपालमा भएको पहिलो संस्करणको यू–१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको थियो भने भुटानमा २०१७ मा भएको दोस्रो संस्करणको यू–१८ साफ च्याम्पियनसिपमा पनि नेपाललेनाइँ उपाधि हात परेको थियो । आजको खेल दिउँसो तीन बजे हलचोकस्थित एपीएफको खेलमैदानमा हुने छ ।

नेपाली टिम :
गोलरक्षक : विशाल सुनार, सुर्य अधिकारी, पुजन होना

डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा, एन्जल महर्जन

मिडफिल्डर : शिशिर लेखी, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल, नितिन थापा

स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...