खेलकुदफुटबल

यूरोप लिग: ईन्टर मिलानको सानदार जित

यूरोप लिग: ईन्टर मिलानको सानदार जित

९ फागुन २०७६ एजेन्सी: युइएफए युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा ईन्टर मिलानले सानदार जित दर्ता गरेको छ । युइएफए युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा ईन्टर मिलानले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । ईन्टर मिलानको जितमा त्रिस्टियन इरिक्सनले र रोमेलु लुकाकुले गोल गरेका थिए ।

त्रिस्टियन इरिक्सन टोटह्याम र रोमेलु लुकाकु म्यानचेष्टर युनाईटेडका पुर्व स्टार खेलाडी हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेल ईन्टर मिलान र लुडोगोरेट्सको पहिलो हाफ बराबरी सकिएको थियो।

दोस्रो हाफको ७१ औं मिनेटमा त्रिस्टियन इरिक्सन गोल गर्दै ईन्टर मिलानलाइ पहिलो अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरिमा समयमा रोमेलु लुकाकु गोल गर्दै अग्रता दोब्बर गरे र ईन्टर मिलानले २-० को जित दर्ता गर्यो ।

ईन्टर मिलान र लुडोगोरेट्सको दोस्रो लेगको खेल २८ फेब्रुअरीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *