यु-१९ एसिया कप आज देखि सुरु,यस्तो छ खेलतालिका

यू-१९एसिया कप: नेपाल र बंगलादेशको खेल आजयू–१९ एसिया कप: नेपाल टस जितर ब्याटिङमायू-१९ एसिया कप: नेपाल र श्रीलंकाको खेल आज यू–१९ एसिया कप: अफगानिस्तान विरुद्ध पाकिस्तान लाइभ भिडियो

यु-१९ एसिया कप भोलि देखि सुरु,यस्तो छ खेलतालिका

१९ भाद्र २०७६ काठमाडौँ: यु-१९ एसिया कप आज देखि सुरु हुने भएको छ । प्रतियोगितामा ५ एसियन टेस्ट रास्ट्रका यु-१९ टिमहरु, इस्टर्न बाट नेपाल र वेस्टर्न बाट युएई र कुवेत छनोट भएका छन । यु-१९ एसिया कपमा नेपालको समुहमा श्रीलंका, बंगलादेश र युएई रहेका छन्। यस्तै अर्को समुहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा सबै टिमले एक-अर्का बिरुद्ध १-१ खेल खेल खेलिसकेपछि शिर्ष स्थानमा रहने २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछ। नेपालले पहिलो खेल श्रीलंकासंग सेप्टेम्बर ६ तारिकमा खेल्नेछ। यस्तै दोश्रो खेल बंगलादेशसंग सेप्टेम्बर ८ तारिकमा तथा तेश्रो खेल युएईसंग १० तारिकमा खेल्नेछ।

२०१६ को संस्करणमा श्रीलंकामा भएको अन्डर-१९ एसिया कपमा नेपाल सेमीफाइनलसम्म पुगेको थियो जसपछि भने नेपालको प्रदर्शन खास रहन सकेको छैन। सबै खेल खेल श्रीलंकाको स्थानीय समय ९:३० बजे बिहान अर्थात नेपालको समय ९:४५ बजे सुरु हुनेछ। यू१९ एसिया कप ट्रफी बुधबार सार्वजनिक भएको थियो । सार्वजनिक कार्यक्रममा नेपाली युवा टोलीका कप्तान रोहित कुमार पौडेल सहित बंगलादेश,पाकिस्तान,श्रीलंका,अफगानिस्तान,यूएई र कुवेतका लगायतका कप्तान सहभागि थिए । रोहितको कप्तानीमा रहेको नेपाली टोली भदौ ७ मा त्यसतर्फ लागेको थियो । टोलीले त्यहाँ ३ वटा अभ्यास खेल खेलेको थियो । ३ वटा अभ्यास खेल मध्ये एउटा खेलमा जित तथा २ वटा खेलमा युवा टिम पराजित हुन पुग्यो।

यु-१९ एसिया कप आज देखि सुरु,यस्तो छ खेलतालिका

१५ सदस्यीय नेपाली टिम :- रोहित पौडेल ( कप्तान ), रित गौतम , पवन सर्राफ, आसिफ शेख, सन्दिप जोरा, भिम शार्की, हरि बहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामांग, लोकेश बम , प्रतिस जिसी

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...