युरोपियन च्याम्पियन्स लिगको फाइनलमा छिर्ने मोडल को हुन् र किन छिरिन् ? -यस्तो छ कारण

युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलमा छिर्ने मोडल को हुन् र किन छिरिन् ? -यस्तो छ कारण

युरोपियन च्याम्पियन्स लिगको फाइनलमा छिर्ने मोडल को हुन् र किन छिरिन् ? -यस्तो छ कारण

एक रसियन मोडेल जस्ले युरोपियन च्याम्पियनसीपको लिभरपुल रटोटेनह्यामबीच भएको फाइनल खेलमा आक्राणकारी जस्तै आएर हंगामा मच्चाएकी छन् । टोटेह्याम र लिभरपुलबीच भइरहेको खेलको १८ औँ मिनेटतिर उनी मैदानमा पसेकी थिइन् ।

उनी मैदानमा पसे लग्त्तै उनलाई त्यहाँबाट निकाल्न एम्पायर लागि परेका थिए । उनी हुन् रसियन चर्चित माेडल केन्सी वलान्स्की (Kinsey Wolanski ) । अहिले उनी समाजिकसञ्जालमा भाइरल बनेकी छन् । इन्सटाग्राममा ३ लाख फ्लोअर भएकी उनलाई पछिल्लो केहीसमयमा नै १० लाखभन्दा बढिले फ्लो गरिसकेका छन् ।

उनले उक्त फाेटाे आफ्नो इन्सटाग्राममा पनि राखेकी छन् । उनले इन्सटाग्राममा एक फाेटाे र आफू छिरेको भिडियो राखेर लेखेकी छन्- मड्रिड स्पेन ।

केन्सी वलान्स्की इन्सटाग्राम
उनले लगाएकाे कालो आउटफिट ड्रेसमा लेखिएकाे थियाे, भिटाली (VITALY) । भिटाली एक युट्युब च्यानल हाे । उनी यसै युट्युब च्यानलकाे प्राेमाेसनकाे लागि खेल मैदानमा छिरेकाे हुन सक्ने
अन्तराष्ट्रिय समाचारमाध्यमले जनाएकाे छ ।

रिपाेर्टकाे अनुसार भिटाली युट्युब चेनल उनको ब्वायफ्रेन्ड भिटाली जेन्डाेराेभेट्स्कीय
(Vitaly Zdorovetskiy) का हाे । फेरी अश्चर्यजनक कुरा के भने यो युट्युब चलाउने व्यक्ति अर्थात केन्सीका व्वायफ्रेन्डले सन २०१४ को विश्कप फाइनलमा यस्तो आक्रमण(अवरोध गरेका थिए ।

उनको ब्वायफ्रेन्डको  युट्युब चेनल
प्रेंक भिडियाे बनाउने युट्युब चेनल (VitalyzdTV) र यी युवतीले लगाएकाे लुगाकाे छातीमा तलतिर लेखिएकाे vitaly uncensored नामक वेवसाइटसमेत रहेकाले यीनि चर्चाकै लागि यस्ताे गरेकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

उनले चर्चाका लागि यसरी फाइनल खेलको बिचमा गएर अवरोध गरेको जनाइए पनि खास कारण भने खुल्नसकेको छैन् । यी महिलाले अहिले समाजिक सञ्जालहरुमा निकै आलोचनात्मक र सकारात्मक टिप्प्णीसमेत पाइरहेकी छन् ।

भिडियाे हेर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *