युएईको आबुधाबीमा नेपाली कामदार बोकेको बस दुर्घटना

युएईको आबुधाबीमा नेपाली कामदार बोकेको बस दुर्घटना, पाँचको मृत्यु

१ माघ २०७६ युएई : युएईको आबुधाबीमा नेपाली कामदार बोकेको गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको जनाइएको छ ।

आबुधाबीस्थित नेपाली दूतावासले मृत्यु भएका नेपाली हुनसक्ने बताए पनि यकिन विवरण भने नआइसकेको जनाएको छ साथै मृतकको पहिचना खुल्न बाकि रहेको दूतावसले जनाएको छ ।

बसमा २४ जना सवार थिए । त्यसमध्ये १८ जना नेपाली कामदार रहेको कम्पनीले जनाएको छ । अन्य ६ जना श्रीलंका र अफ्रिकी मुुलुकका महिला कामदार रहेको बताइएको छ । सवार सबै सरसफाइ सम्बन्धी काम गर्ने एमबीएम कम्पनीका कामदार हुन् ।

नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न दूतावासका प्रतिनिधि घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेका छन् ।

घाइतेहरुको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जना नेपालीको आबुधाबी खलिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । अन्यको मफरक र अल रहा अस्पतालमा उपचार भइरहेको कम्पनीले जनाएको छ ।

कामदार सवार बस स्थानीय समयअनुसार बिहीबार बिहान ५.३० बजे आबुधाबीको अल रहा भन्ने स्थानमा दुर्घटनामा परेको हो । काममा गइरहेको अवस्थामा उक्त बस अगाडिको लहरीमा ठोकिए दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *