यस्तो आलु जसले बुढ्यौली देखिनबाट रोक्छ

यस्तो आलु जसले बुढ्यौली देखिनबाट रोक्छ

काठमाडौँ : सबै मानिस स्वास्थ्य जवान र आकर्षक बन्न चाहन्छन् । अब यस्तो तरिका पत्ता लागेको छ जसले बुढ्यौली पन रोकेर मानिसलाइ सधै जवान देखाउन मद्धत पुर्याउछ । त्यो हो एउटा सामान्य आलु जसको यति धेरै असल गुण भएको पाइन्छ । यसले बढ्दै गएको उमेरबाट जवान देखिनुका साथै रोगबाट समेत बचाउँछ ।

प्याजी रङको आलुमा भिटामिन सी को मात्रा तीन गुणा धेरै र आँक्सिकरण निरोधक तत्व चार गुणा बढी हुन्छ । आँक्सिकरण निरोधक तत्व यस्तो तत्व हो जसले बुढौलीपन रोक्नलाई सहयोग गर्दछ । यो आलु तयार भने अलि फरक ढंगले गर्ने गरिन्छ। रोगहरुबाट बचाउनको लागि पहिले आलुलाई रसायन हालेर टेस्ट ट्युबमा तयार गरी खेतमा लगाइने बताइएको छ ।

अन्य सामान्य आलुको तुलनामा यो आलुमा अरारोटको मात्रा धेरै कम हुने गर्छ । यसैकारण यसको रङ सामान्य आलु भन्दा फरक हुँदै प्याजी रङको हुने गर्छ । सामान्य रुपमा देख्दा यो चुकन्दर जस्तो देखिएपनि खाँदा भने आलुको स्वाद आउने गर्छ । प्याजी रङको यो आलु जंगली वा सामान्य आलुबाट बनाइएको हुन्छ । उमालेपछि यसको रङ धेरै चमकदार र प्याजी बन्ने गर्छ ।

लगभग ७५ ग्राम पर्पल आलुमा पाइने पोषक तत्वहरु :

  • ५२.५ ग्राम क्यालोरी
  • १२ ग्राम कार्बोहाइड्रेट
  • १.४ ग्राम प्रोटिन
  • ०.१ ग्राम फ्याट
  • १.३ ग्राम फाइबर
  • ६.५ मिलिग्राम भिटामिन सी
  • ३४१ मिलिग्राम पोटासियम
  • ०.१ मिलिग्राम भिटामिन बि६
  • ४५.७ मिलिग्राम फस्फरस
  • ०.१ मिलिग्राम कप्पर
  • ०.१ मिलिग्राम मेगनेस
  • ०.१ मिलिग्राम थियामिन
  • ०.९ मिलिग्राम नियचिन
  • १६.५ मिलिग्राम मेग्नेसियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *