‘यती समूह’ले दरबारमार्गमा निर्माण गरिरहेको भवनको काम रोक्न आदेश

‘यती समूह’ले दरबारमार्गमा निर्माण गरिरहेको भवनको काम रोक्न आदेश

२४ पुस २०७६ काठमाडौँ : यति समुहले दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गामा निर्माण गरिरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश सुनाएको छ।

ट्रष्टले यति समूहसंग गरेको सम्झौतामा त्रुटी देखिएको भन्दै उच्च अदालत पाटनका मुख्य न्यायाधिश नहकुल सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो। आउँदो माघ १ गते दुवै पक्षलाई छलफलका लागि अदालतले बोलाएको छ ।

३० वर्षका लागि यति समुहलाइ लिजमा अवैधानिक रूपमा जग्गा दिएको दाबी गर्दै उच्च अदालत पाटनमा अधिवक्ता परिवर्तन राईले रिट दायर गरेका थिए । मासिक चार लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउने गरी ट्रस्टले दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिँदा राज्यलाई पाँच अर्ब नोक्सान भएको रिटमा दाबी गरिएको थियो ।

त्यस्तै अदालतले यस विषयलाइ सार्वजनीक महत्वकाे विषयका साथै कानूनी प्रश्नलाइ दृष्टिगत गरि सुनुवाइमा एमिकस क्युरी समेत गठन गर्न माग गरेकाे छ । त्यसका लागि दुइ जना बरिष्ठ अधिवक्ता वा अधिवक्ता पठाउन उच्च अदालत बार एसाेसिएसनकाे सहयाेग समेत मागेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *