मेस्सी र रोनाल्डो र माने परे उत्कृष्ट फरवार्डको मनोनयनमा

यस सिजनका १० उत्कृष्ट फुटबल खेलाडीको नाम सार्वजनिक ? मेस्सी र रोनाल्डो स्थान काहा ?

२३ साउन २०७६ एजेन्सी : बहुचर्चित दुइ खेलाडीहरु बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी र युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुलका माने च्याम्पियन्स लिग (युसीएल)को उत्कृष्ट फरवार्ड अवार्डका लागि मनोनित भएका छन् ।

बिहिबार युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले सार्वजनिक गरेको च्याम्पियन्स लिगको उत्कृष्ट तीन फरवार्डमा मेस्सी र रोनाल्डो परेका हुन् । यस्तै अवार्डका लागि च्याम्पियन्स लिग विजेता लिभरपुलका साडियो माने पनि मनोनयनमा परेका छन् ।

यस्तै मिडफिल्डर अवार्डका लागि टोटेनहमका क्रिस्टियन एरिक्सन, बार्सिलोनाका फ्रेन्की डी जोङ र लिभरपुलका जोर्डन हेन्डरसन परेका छन् ।

उत्कृष्ट डिफेन्डर अवार्डका लागि लिभरपुलका भिर्गिल भान डायक, ट्रेन्ड आर्नोल्ड र युभेन्ट्सका म्याथिस डी लिग्ट परेका छन् ।

गोलकिपरमा लिभरपुलका एलिसन बेकर, टोटेनहमका ह्युगो लोरिस र बार्सिलोनाका मार्क टेर स्टेगन अटाएका छन् ।

युएईएफएले विजेताको घोषणा आगामी अगष्ट २९ मा सार्वजनिक गर्नेछ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...