मेस्सीले माफी माग्नु पर्छ:अर्जेन्टिनाको खेलकुद अदालत

मेस्सीले माफी माग्नु पर्छ:अर्जेन्टिनाको खेलकुद अदालतमेस्सीको बर्थ-डे उपहार: अर्जेन्टिना कोपा अमेरिका क्वार्टरफाइनलमा !

मेस्सीले माफी माग्नु पर्छ:अर्जेन्टिनाको खेलकुद अदालत

१ साउन २०७६ एजेन्सी: अर्जेन्टिनाको खेलकुद अदालतले मेस्सीलाई माफी माग्न निर्देशन दिएको छ ।

अर्जेन्टिनाको खेलकुद अदालत कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्सका सदस्य गुस्टाभो अब्रेउले कोपा अमेरिका दौरान दिएको विवादास्पद अभिव्यक्तिबारे लियोनल मेस्सीले माफी माग्नु पर्ने बताएका छन् ।

कोपा अमेरिका अन्तर्गत सेमिफाइनल खेलमा ब्राजिलविरुद्ध पराजित भएपछि मेस्सीले रेफ्रीले सहि निर्णय लिन नसकेको आरोप लगाएका थिए ।

त्यसपछि तेस्रो स्थानको लागि भएको खेलमा चिलीविरुद्ध मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरीपछि मेस्सीले रेफ्रीले ब्राजिललाई सहयोग गरेको भन्दै अभिव्यक्ति दिएका थिए ।

मेस्सीले मिडियासँग बोल्दै आक्रोशित मुद्रामा ‘दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट संस्था भएको’ आरोप लागउँदै ‘आफूहरू भ्रष्टचारको अंग नबन्ने’ बताएका थिए ।

उनले कोपाको उपाधि ब्राजिललाई जिताउन ‘सबै कुरा सेटिङ’ भएको आरोपसमत लगाएका थिए ।

अर्जेन्टिना प्रतियोगिताको तेस्रो स्थानको विजेता बने पनि मेस्सीले ‘आफू भ्रष्टाचारको साक्षी नहुने’ भन्दै मेडल लिनसमेत अस्वीकार गरेका थिए ।

यसका कारण मेस्सीलाई दक्षिण अमेरिकाको फुटबल संस्था कन्मेबलले कारवाहीको तयारी गरिरहेको छ ।

मेस्सीको उक्त भनाईप्रति कोपा अमेरिकाले छानबिन गर्ने समेत जनाईसकेको छ ।यस्तै मेस्सीलाई प्रतिबन्ध लगाउने तयारी समेत गरेको छ ।

कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्टका सदस्य गुस्टाभो अब्रिउले यदी मेस्सीलाई लामो कारवाहीबाट बन्चित हुन मन छ भने मेस्सीले माफी मागनु पर्छ भनेका छन् ।

यदी उनले माफी मागेनन भने ठुलो कारवाहीबाट बन्चित हुने छन् ।

मेस्सीले चिलीविरुद्ध जितका बाबजुद पनि तेस्रो स्थानको पदक लिन अस्विकार गरेका थिए ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...