मेस्सीको दुई गोल संगै अर्जेन्टिनाको गोल बर्षा

मेस्सीलाई एक खेलको प्रतिबन्ध !"मेस्सीलाइ दबाब, अर्जेन्टिनालाइ सकस" कोपा अमेरिकाको अबको खेल मेस्सीको दुई गोल संगै अर्जेन्टिनाको गोल बर्षा

मेस्सीको दुई गोल संगै अर्जेन्टिनाको गोल बर्षा

२५ जेठ २०७६ एजेन्सी : लियोनल मेस्सी चम्किएको खेलमा अर्जेन्टिनाले मैत्रीपुर्ण खेलमा गोल बर्षा गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५–१ गोल अन्तरले हराएको हो ।

कोपा अमेरिकाको तयारी स्वरुप खेलिएको मैत्रीपुर्ण खेलमा लियोनल मेस्सीले दुई गोल गरे । दुई मिनेटको अन्तरमा दुई गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई शानदार सुरुवात दिएका थिए । लुटारो मार्टिनेजले समेत अर्जेन्टिनाका लागि दुई गोल थपे ।

३७ औ मिनेटमा पहिलो गोल गरेका मेस्सीले लगत्तै अर्जेन्टिनाको अग्रतालाई दोब्बर बनाएका थिए ।

६३ औ मिनेटमा मार्टिनेजले अर्जेन्टिनाकालागि तेस्रो गोल थपे । ७३ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीलाई ४–० को स्थितीमा पु¥याएका थिए ।

८१ औ मिनेटमा पेरेयराले अर्जेन्टिनाका लागि पाँचौ गोल गरेका थिए ।

दोस्रो हाफको ईन्जुरी समयमा निकारागुआका बरेराले एक गोल फर्काउदै हार अन्तर घटाउने काम गरे ।

कोपा अमेरिका कपको संघारमा अर्जेन्टिनाले मैत्रीपुर्ण म्याच खेलेको हो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...