मृतक परिवारलाई राहत रकम प्रदान

दाजुलाई खुकुरी प्रहार गरी आत्महत्या जाजरकोटमा पहिरो : तीन जनाको मृत्युमृतक परिवारलाई राहत रकम प्रदानघाँस काट्न गएकी किशोरीको लडेर मृत्युमार्खुमा पहिरामा परी आमाछोरीको मृत्यु मृतकलाई अस्पतालबाट निकालेर झारफुक५० हजार दाइजाे दिन नसक्दा आत्महत्याअन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकालेरुकुममा आमा र २० महिने छोरा जंगलमा मृत अवस्थामा फेलाशिक्षकले पिटेपछि ७ कक्षामा पढ्ने एक छात्रको मृत्यु

मृतक परिवारलाई राहत रकम प्रदान

२०७६ भदौ ६ : गलकोट-स्कूलबाट घर फर्कदै गर्दा अविरल वर्षासँगै आएको भेलले बगाउँदा मृत्यु भएकी आठ वर्षीया बालिकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले बिहीबार घरमै पुगेर राहत रकम प्रदान गरेको छ ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ थाम्काका बुद्धिबहादुर परियारको आठ वर्षीया छोरी शर्मिला परियारको भेलले बगाउँदा भदौ १ गते मृत्यु भएको थियो । बडिगाडस्थित डाँफेपातल आधारभूत विद्यालय कक्षा २ मा अध्ययनरत शर्मिलाको विपद्का कारण निधन भई शोकमा डुबेको परिवारलाई राहतस्वरुप रु एक लाख रुपैयाँ प्रदान गरेको जिल्ला प्रशासन कार्यालय बागलुका नायबसुब्बा लोकबहादुर कुँवरले जानकारी दिनुभयो ।

विपद्मा जिल्ला प्रशासनद्वारा सहयोग गरिँदै आएको राहतस्वरुपको रकम घरमै पुगेर मृतक शर्मिलाका बुुबा बुद्धिबहादुर परियारलाई हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । स्कूलबाट फर्कने क्रममा मोटरबाटोमा हिँडिरहेकी बालिकालाई ठूलो पानी परेसँगै सडक किनारामा आएको भेलले बगाएर झण्डै ५०० मिटर तल पु¥याएको अवस्थामा शर्मिलाको शव फेला परेको थियो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...