मार्सेलो रियल छाडेर युभेन्टस जाने

मार्सेलो रियल छाडेर युभेन्टस जाने

२ जेठ २०७६ एजेन्सी: मार्सेलो रियल छाडेर युभेन्टस जाने भएका छन् । मार्सेलो युभेन्टस जाने कुरा स्पेनिस मिडियामा चर्चा विषय भनेको छ ।

३० वर्षेका डिफेन्डर यो वर्ष खासै राम्रो खेल्न सकेनन् । मार्सेलोले यो सिजनको सुरुवातमा धेरै खेलमा बेन्चमै रहेका थिए । इटालियन च्याम्पियन युभेन्टस पनि लेफ्ट ब्याकको खोजीमा रहँदा मार्सेलो त्यसतर्फ जाने सम्भावना रहेको छ ।

रोनाल्डो र मार्सेलोको मैदान भित्र वा बाहिर यी दुईबीच निकै गहिरो दोस्ती थियो ।

सन् २००६ यता मार्सेलो रियलको महत्वपूर्ण खेलाडीका रुपमा रहँदै आएका छन् । मार्सेलोले रियलबाट झन्डै ५ सय खेल खेलिसकेका छन् । मार्सेलो रियलसँग रहेर ४ ला लिगा, २ कोपा डेले रे र ४ पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *