मात्र २७ रन जोड्दा रोहितले तोड्ने छन् सचिनको १६ वर्ष पुरानो कीर्तिमान

मात्र २७ रन जोड्दा रोहितले तोड्ने छन् सचिनको १६ वर्ष पुरानो कीर्तिमान

मात्र २७ रन जोड्दा रोहितले तोड्ने छन् सचिनको १६ वर्ष पुरानो कीर्तिमान

२५ असार २०७६ एजेन्सी: इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल वर्षाको कारण स्थगित भएको खेल आज पुन: खेल सुचारु हुने भएको छ ।

बर्षाका कारण ४६ दशमवल १ ओभरमा रोकिएको खेल ‘रिजर्व डे’ का अनुसार आज खेलाउन लागिएको हो । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरबाट बाँकी खेल खेल्नेछ ।

आईसीसीको नियम अनुसार सेमिफाइनल खेल तोकिएको दिन हुन नसके रिजर्भ डे मा खेलाइनेछ। खेल पुरै ५०-५० ओभरकै हुनेछ।

आजको खेलमा सबको नजर उत्कृष्ट फर्ममा रहेका भारतीय ओपनर रोहित शर्माको नज़र हुने छ ।आजको खेलमा केहि कीर्तिमान भंग गर्ने अवसरहरू उनलाई उपलब्ध हुनेछ।

रोहितले जारि विश्वकपमा ८ खेलमा ५ शतकसहित ६४७ रन बनाएर यस विश्वकपमा धेरै रन बनाउने खेलाडी बनेका रोहितले एकै विश्वकपमा अहिलेसम्म कै धेरै ५ शतक बनाउने रेकर्ड बनाई सकेका छन् ।

आजको खेलमा रोहितले २७ बनाए, रोहितले एक विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाउनेछन्। हाल यो कीर्तिमान सचिन तेन्तुलकरको नाममा छ। सचिनले सन् २००३ मा दक्षिण अफ्रिकामा खेलिएको विश्वकपमा ११ म्याचबाट ६७३ खेलबाट ६७३ रन जोडेका थिए।

रोहितले आजको खेलमा न्युजील्याण्डविरुद्ध थप २३ रन बनाउनासाथ विश्वकपमा उनको एक हजार रन पुरा हुने छ । यो सँगै विश्वकपमा एक हजार रन बनाउने रोहित विश्वका २१औ खेलाडी बन्ने छन् भने भारतका चौथो खेलाडी बन्ने छन् । भारतबाट सचिन तेन्दुलकरले २२७८, विराट कोहलीले १०२९, सौरभ गांगुलीले १००६ रन बनाएका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...