भ्रष्टाचार गर्न नेकपा र नेपाली कांग्रेस एकजुट भए: कमल थापा

राप्रपाको विरोध अभियान: आज धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउनेबहुमतका आधारमा जबरजस्ती पास भएको राष्ट्रिय विधेयकमा राप्रपाको बिरोध

भ्रष्टाचार गर्न नेकपा र नेपाली कांग्रेस एकजुट भए: कमल थापा

२५ जेठ २०७६ बाग्लुङ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्मलाइ मासेर विदेशी धर्म भित्र्याउनु कुनै विकास नभएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाको लागि आयोजित दोस्रो चरणको मेची–महाकाली राष्ट्रिय स्वाभिमानको यात्राका क्रममा आज बागलुङमा आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले ९४ प्रतिशत ओमकार परिवार भएको देशमा इसाइकरण हुनु देशका लागि ठूलो दुर्भाग्य भएको बताउनुभएको छ ।

पूर्व गृहमन्त्री समेत रहनुभएका थापाले जनताले ठूलो राजनैतिक परिर्वतन गराएपनि जनताको जीवन परिवर्तनको अनुभव गर्न नपाएको बताउनुभयो । देशमा अहिले सतहमा शान्ति भएपनि वास्तवमा शान्ति नआएको बताउदै थापाले अहिलेको अवस्थामा धनी र गरीवको बीचमा झनै दुरी बढेको जिकिर गर्नुभयो ।

थापाले नेपालका ४४ लाख युवा वदेशिनुले नेपालको यथार्थ चित्रण गर्ने बताउदै रेमिट्यान्सले देश सधै चल्न नसक्ने प्रष्ट पार्नुभयो । ‘देशमा लोकतन्त्रको आवरण लुुटतन्त्र भयो’ थापाले भन्नुभयो ‘भष्ट्रचारमा सत्ता पक्ष र प्रतिपक्षले राष्ट्रिय सहमति गरे ।’

थापाले यो सरकारका पालमा मात्र भष्ट्राचार भएको नभई परम्पराकाल देखि नै भष्ट्रचारलाई संस्थागत गर्दै ल्याएको जिकिर गर्नुभयो । देशको पहिलो डर लाग्दो चुनौती गरीबि र बेरोजगारी रहेको तर्क गदै थापाले १२ बर्षको परिवर्तनले समेत यसलाई समाधान दिन नसकेको बताउनुभयो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...