भेनेजुएलाले ४ महिनापछि खुलायो कोलम्बियासँगको सीमा नाका

भेनेजुएलाले ४ महिनापछि खुलायो कोलम्बियासँगको सीमा नाका

भेनेजुएलाले ४ महिनापछि खुलायो कोलम्बियासँगको सीमा नाका

२६ जेठ २०७६ भेनेजुएला: भेनेजुएलाले चार महिनापछि कोलम्बियासँगको सीमा नाका खुला गरेको छ । अमेरिकाले पठाएको मानवीय सहायताका सामग्री विपक्षी नेताले भित्राउन खोजेको भन्दै फेब्रुअरीदेखि बन्द गरिएको नाका खुला भएको हो ।

नाका खुला भएको जानकारी दिदै राष्ट्रपति निकोलास मडुरोले नागरिकको शान्ति चाहेको बताउँदै आत्मसम्मान र स्वतन्त्रताको संरक्षण गर्न पछि नहट्ने उल्लेख गरेका छन् । नाका पुनः खुला भएपछि भेनेजुएलाका हजारौँ नागरिकहरु अत्यावश्यक सामग्री किन्नका लागि छिमेकी देश कोलम्बिया प्रवेश गरेका छन् ।

विपक्षी नेता हुँवा गुवाइडोले अमेरिकी सहायता सामाग्री भित्राउन खोजेपछि राष्ट्रपति निकोलास मडुरोले नाका नै बन्द गरेका थिए । एउटै समयमा बन्द गरिएका ब्राजिल र अरुबा आइल्याण्डसँगको सीमा भने यसअघि नै खुला भइरहेका छन् ।

भेनेजुएलामा विगत सात वर्षदेखि जारी आर्थिक संकटका कारण अत्यावश्यक सामग्रीको अभाव भएको छ । संकटकै कारण पछिल्लो चार बर्षमा ४० लाख मानिस विस्थापित भएको राष्ट्रसंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *