भारतीकी १४ वर्षिया किशोरी टिकटक स्टार भेट्न भन्दै घर छाडेर नेपाल हिँडिन्

भारतीकी १४ वर्षिया किशोरी टिकटक स्टार भेट्न भन्दै घर छाडेर नेपाल हिँडिन् भारतमा ‘टिक टक’ माथि लगाइएको प्रतिबन्ध फुकुवा,अदालतको आदेश उल्टियोटिकटकमाथि प्रतिबन्ध

भारतीकी १४ वर्षिया किशोरी टिकटक स्टार भेट्न भन्दै घर छाडेर नेपाल हिँडिन्

सामाजिक सञ्जाल ‘टिकटक’ बालबालिकादेखि जेष्ठ नागरिकसम्म लोकप्रिय हुँदै गएको छ । पाँचदेखि १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनय गर्न सकिन्छ ।
टिकटकको क्रेजले समाजमा ठुलो असर परेको छ ।

किशोरकिशोरी मात्र नभइ बालबालिका युवाहरुमा समेत यसको क्रेज बढेको छ । इण्डिया टुडेमा मंगलबार एउटा अचम लाग्दो समाचार प्रकाशित भएको छ । उक्त समाचारमा एक जान किशोरीले आफ्नो परिवारलाइ एउटा भावुक पत्र लेखेर अब आफु केहि नबनी घर नफर्कने भन्दै नेपाल हिंडेकी छिन् ।

उनि मात्र १४ वर्षियकि छिन ।भावुक पत्रमा उनले आफ्नो आमालाई लेखेको पत्रमा भनिएको छ,‘‘ममी, म घर छोड्दैछु म बाबासँग खुसी छैन । मेरो बारेमा धेरै नसोच्नुहोला र भगवानको कसम खानुहोला, यो कारणलाई लिएर तपाईंले आत्महत्या गर्नु हुनेछैन । यदि तपाईले म कोही केटासँग हिँडेको भन्ने ठान्नुभयो भने त्यो गलत हुनेछ । म कोही केटासँग गइरहेको छैन ।’’

छोरीको पत्र पाउनासाथ ति अभिभावकहरुले छोरी खोजिदिन आग्रह गर्दै प्रहरीमा गएका थिए । प्रहरीले उजुरी गरेको आठ घण्टामै किशोरीलाई भेटेका थिए । प्रहरीको सोधपुछमा किशोरीले आफु टिकटक हेरेर सेलिब्रिटी बन्ने चाहनामा टिकटक स्टार रियाज अफ्रिनलाई भेट्न नेपाल जान लागेको बताएकी छिन् ।

किशारीले प्रहरी समक्ष आफु बुवासँग रिसाउनुको कारण बुवाले आफुलाई कुनै केटा साथीसँग बोल्न नदिने र देखेमा, सुनेमा गाली गर्ने गरेकोले बुवासँग कुरा नमिल्ने बताएकी छिन् । बुवाको हस्तक्षेपकै कारण घर छाड्ने निर्णय गरेको किशोरीले प्रहरी समक्ष बताएकी छिन् ।

केहि समय यता भारतका केहि शहरमा यस्तै समस्याका कारण टिकटकमाथि प्रतिवन्ध समेत लगाइएको थियो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...