भारतले पाकिस्तानमाथि फेरि आक्रमण गर्न सक्ने

भारतले पाकिस्तानमाथि फेरि आक्रमण गर्न सक्ने

२५ चैत्र २०७५ एजेन्सी: पाकिस्तानले भारतमाथि सैन्य आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ ।

पाकिस्तानका विदेश मन्त्री शाह महुमद कुरेशीले भारतले १६ देखि २० अप्रिलकोबीचमा पाकिस्तानविरुद्ध सैन्य आक्रमणको तयारी गरेको आरोप लगाएको बीबीसीले जनाएको छ।

तर भारतले भने पाकिस्तानले लगाएको आरोप अस्वीकार गरेको छ । पाकिस्तानले लगाएको आरोप ‘वार हिस्टेरिया’ रहेको भारतको प्रतिक्रिया छ ।

गत फेब्रुअरी १४ मा जम्मू–कश्मीरको पुलवामा आक्रमणपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको थियो । त्यसपछि भारतले बालकोट क्षेत्रमा हवाई आक्रमण गरेको थियो ।

सो आक्रमणमा पाकिस्तानी सेनाले एक भारतीय विमान खसालेको थियो र विमानका चालकलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणका लिइएका विमान चालकलाई सकुशल फिर्ता पठाएर पाकिस्तानले वार्ताको पहल गरेको थियो ।




प्रतिक्रिया दिनुहोस !!!

Your email address will not be published. Required fields are marked *