भारतले नेपाली भू-भाग मिचेको विषय छलफल बालुवाटारमा, सर्वदलीय बैठक सुरु

भारतले नेपाली भू-भाग मिचेको विषय छलफल बालुवाटारमा, सर्वदलीय बैठक सुरु

भारतले नेपाली भू-भाग मिचेको विषय छलफल बालुवाटारमा, सर्वदलीय बैठक सुरु

२३ कार्तिक २०७६ काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सनिबार ४ बजेका लागि आह्वान गरेको सर्वदलिय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । नेपाली भू–भाग भारतले मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय धारणा बनाउनका लागि सर्वदलीय बैठक बोलाएकोबालुवाटार स्रोतले बतायो।

बैठक सुरु हुनुअघि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग छुट्टै छलफल गरेका थिए।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेपछि सत्ता र प्रतिपक्षीसहित सबै दलहरुले विरोध गरिरहेका छन्।

बैठकमा पूर्वप्रधानमन्त्रीहरु,सरकारका मन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु,प्रमुख राजनीतिक दलका प्रतिनिधि लगायत सहभागी छन्।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...