बेंग्लाेरका कप्तान विराट काेहलीलाई १२ लाखको जरिवाना,फेरी गल्ती गरे खेलमा प्रतिबन्ध लाग्ने

बेंग्लाेरका कप्तान विराट काेहलीलाई १२ लाखको जरिवाना,फेरी गल्ती गरे खेलमा प्रतिबन्ध लाग्ने

२ बैशाख २०७५ एजेन्सी: विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल)मा एक खेलमा जित दर्ता गरेका बेंग्लाेरका कप्तान विराट काेहली कारबाही परेकामा परेका छन् ।

६ खेलममा पराजित भइरहेका बेंग्लाेरले शनिबार राति किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गर्दै हारको श्रृंखला अन्त्य गरेको थियो ।

उक्त खेलमा जित हात पारे पनि कप्तान विराट कोहली भने कारबाहीमा परेका छन् ।विराट काेहलीलाई १२ लाखको जरिवाना तिर्नु परेको छ । कप्तान विराट काेहली ‘स्लो ओभर रेट’ का कारण कारबाहीमा परेका हुन् ।

पहिलो पटक कारबाहीमा परेका उनलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ भने अर्को पटक यस्तै गल्ती गरे एक खेलमा प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ ।

तर स्लो ओभर रेटका कारण कारबाहीमा पर्ने कोहली तेस्रो कप्तान भएका छन् । यसअघि मुम्बई इण्डियन्सका रोहित शर्मा र राजस्थान रोयल्सका अजिंक्या रहाणे पनि कारबाहीमा परेका थिए ।




प्रतिक्रिया दिनुहोस !!!

Your email address will not be published. Required fields are marked *