बी डिभिजन लिगमा आज दुई खेल हुँदै – Nepali Online News Nepal

बी डिभिजन लिगमा आज दुई खेल हुँदै

बी डिभिजन लिगमा आज दुई खेल हुँदै

१२ फागुन २०७६ काठमाडौँ: बी डिभिजन लिगमा आज दुइ खेल हुँदै छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज हुने बी डिभिजन लिगको पहिलो खेल तुसल क्लब बिरुद्ध पुलचोक स्पोर्टस क्लबबिच हुँदै छ भने दोस्रो खेल खुमलटार यूथ क्लबले मध्यपुर युथ एसोसियसन बिरुद्ध खेल्दै छ ।

तुसल क्लब र पुलचोक सपोर्ट क्लबबिच पहिलो खेल १२:३० बजे देखि सुरु हुँदै छ भने खुमलटार यूथ क्लब र मध्यपुर युथ एसोसियसनको दोस्रो खेल ३:३० बजे देखि सुरु हुँदै छ ।

यही फागुन ११ (हिजो बाट) गते आइतबारबाट शुरु हुने प्रतियोगिताको एन्फाले अघिलो बुधवार पत्रकार समेलन गरी खेल तालिका सार्वजनिक गरेको थियो । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिग चैत २३ गते सकिनेछ ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।

बी डिभिजन लिगको शिर्ष स्थानमा रहने एक टोलि ए डिभिजन बढुवा हुन्छ भने अंक तालिकाको पुछारमा रहने एक टोलि सि डिभिजनमा घटुवा हुन्छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ