बिज्ञापन रहित बिदेशी च्यानल योजनामा सरकारलाई “मह जोडी”को साथ

बिज्ञापन रहित बिदेशी च्यानल योजनामा सरकारलाई "मह जोडी"को साथ

बिज्ञापन रहित बिदेशी च्यानल योजनामा सरकारलाई “मह जोडी”को साथ

२५ जेठ २०७६ काठमाडौं : लामो समय देखि सरकार र केवल व्यवसायी बीच द्वन्द हुँदै आईरहेको बिषय बिज्ञापन रहित बिदेशी च्यानल योजनामा सरकारलाई चर्चित मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले समेत साथ् दिएको जनाएका छन् ।

नेपालभर टेलिभिजन च्यानलका सेवा प्रदायक संस्थाहरुले सोमबारदेखि २४ घण्टा बिदेशी च्यानलको सेवा रोकेर विरोध जनाएपछि कलाकार मदनकृष्ण र हरिवंशले ‘यस्तो विरोधले नेपालीलाई केही असर नगर्ने’ प्रतिक्रिया समेत दिएका छन्।

मदनकृष्ण र हरिवंश दुबैले नमस्कार गरेको मुद्रामा जोडीको तस्बिर सोमबार साँझ आफ्नो फेसबुकमा राख्दै भनेका छन्, ‘नेपालमा प्रशारण हुने सबै विदेशी च्यानलहरु बिज्ञापन रहित हुनु हाम्रो लागि राम्रो हैन र ? यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिक सहित नेपाली बिज्ञापन उद्योग सबैको हित हुनेछ।’

हरि बंश आचार्यले आफ्नो वालमा लेखेका छन्, ‘नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा प्रशारण हुने विदेशी विज्ञापनलाई रोक्ने र बिज्ञापन रहित बिदेशी च्यानल प्रशारण गर्ने नेपाल सरकारले क्लिन फिड योजना लागू गर्न खोजेको छ । यसको विरोधमा टेलिभिजन च्यानलका बिक्रेताहरुले २४ घण्टा विदेशी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । के यो विरोधले हामीलाई केहि असर गर्छ ? हामी नेपालीले २४ घण्टा विदेशी च्यानल हेर्न नपाउँदा हामीलाई केहि असर पर्छ ? नेपालमा प्रशारण हुने सबै विदेशी च्यानलहरु बिज्ञापन रहित हुनु हाम्रो लागि राम्रो हैन र ? यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिक सहित नेपाली बिज्ञापन उद्योग सबैको हित हुनेछ । एक पटक हैन पटक पटक सोचौ । नेपाल सरकारको यो हिम्मतीलो निणर्यमा हाम्रो साथ छ । समर्थन छ । जय नेपाली बिज्ञापन । जय नेपाली कलाकार । जय नेपाली प्राबिधिक ।
#wecanlivewithnepalichannelonly’

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...