बार्सिलोनाले ग्रिजम्यानलाई १ सय २० मिलियनमा आवद्ध गर्दै

बार्सिलोनाले ग्रिजम्यानलाई १ सय २० मिलियनमा आवद्ध गर्दै

१ जेठ २०७६ एजेन्सी : एट्लेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रिजम्यानले एथलेटिको मड्रिड क्लब छाड्ने निर्णय गरेका छन् ।

ग्रिजम्यानलाई बार्सिलोनाले १ सय २० मिलियनमा आबद गर्ने भएको छ । फ्रान्सका फरवार्ड ग्रिजमनलले शनिबार हुने लेभान्टेविरुद्वको खेल आफ्नो अन्तिम खेल हुने उनले बताएका छन् ।

उनले भनेका छन् कि ‘पछिल्ला ५ बर्ष निकै उत्साहजनक रह्यो तेस्को लागि सबैलाई धन्यवाद छ ।”म मेरा समर्थकलाई बिशेष धन्यवाद भन्न चाहन्छु ।जसले मलाई यति धेरै माया दिए र हौसला दिए । मैले क्लब छाड्ने निर्णय लिएको छु । अरु रुपमा भन्दा नयाँ चुनौतीको लागि तयार भएको छु ।उनले यो संदेश भिडियो मार्फत भनेका छन् ।

फ्रेन्च फरवार्डले २ सय ५६ खेलमा १ सय ३३ गोल गरेका थिए । उनी सन् २०१४ मा रियल सोसिडाडबाट एट्लेटिको आएका थिए ।

फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यानले युरोपा लिग, स्पेनिस सुपर कप र युइएफए सुपर कप जिताएका थिए ।

समर सिजनमा एथलेटिको मड्रिड छाड्न लागेका ग्रिजम्यान तेस्रो हाईप्रोफाइल खेलाडी हुन् । यसअघि डिफेन्डर लुकास हर्नान्डेजले वायर्न म्युनिख जान सहमति जनाएका थिए । साथै लामो समयको सेवापछि कप्तान डिएगो गोडिनले पनि एथलेटिको मड्रिड छाड्ने घोषणा गरेका छन् ।
ग्रिजमन १ जुलाईमा बार्सिलोना प्रस्थान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *